Thursday 23rd April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

भारतीय दूतावासका कर्मचारी र डाक्टरसहित ४८ जनामा कोरोना संक्रमण पुष्टि

Friday, August 14, 2020 National Power

वीरगञ्ज – वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा भारतीय दूतावासका कर्मचारी स्वास्थ्यकर्मी ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा ३६ जना पुरूष र १२ जना महिला रहेका छन् । संक्रमित हुनेमा २ वर्षको बालक देखि ६९ वर्षका वृद्ध पुरुष रहेका छन् ।

नारायणी अस्पतालका मेसु उपाध्यायले जानकारी दिए अनुसार बिहीबार अबेर राति प्रयोगशालमा गरिएको परीक्षणमा संक्रमण हुनेहरुमा बारा जिल्लाका २१ जना, पर्सा जिल्लाका २५ जना र मोहत्तरी जिल्लाका २ जनासहित थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । वीरगन्ज महानगरपालिकास्थित नारायणी अस्पतालमा गरिएको कन्ट्याक्ट ट्रेसिङमा परेका सबैभन्दा धेरै संक्रमित रहेका छन् । संक्रमितहरु हुनेहरुमा नरायणी अस्पतालका २७ बर्षकी १ जना महिला डाक्टर, ४ जना नारायणी अस्पतालमा कार्यरत कर्मचारी, २ जना महिला र १ जना पुरुष नारायणी अस्पतालका सरसफाई कर्मचारी र ३ जना गेट पाले रहेका छन् ।

वीरगन्जस्थित रहेको महावाणिज्य भारतीय दूतावासका ३२ बर्षीय एक जना कर्मचारी र वीरगन्जमा रहेको ग्लोबल आइ एम ई बैंकका ४३ बर्षका एक जना पुरुष कर्मचारी रहेको नारायणी अस्पतालका मेसु उपाध्यायले बताए । त्यसैगरी वीरगन्ज महानगरपालिका वडा नं। ११ श्रीपुरका १ जना, वडा नं। १० घडीअर्वा पोखरीका २ जना वडा नं। २ छपकैया का २ जना वडा नं। १३ राधेमाइका २ जना र वडा नं। ४,८,१४,१५,२५ का १र१ जना रहेका छन् ।

त्यसैगरी बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिकाका विभिन्न वडाका २० जना, बारा जिल्ला बिश्रामपुरका २४ बर्षका १ जना पुरुष र महोत्तरी जिल्ला जलेश्वरका ४ बर्षका १ जना बालक र ३७ बर्षकी १ जना महिला रहेकी नारायणी अस्पतालका मेसु उपाध्यायले बताए ।

साउन २४ गते देखि २६ गते सम्मका स्वाब संकलन गरि नारायणी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा ४८ जना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डा। निरज सिंहले जानकारी दिए ।