Sunday 8th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

सवारी पास बन्द : आजबाट काठमाडौं आवतजावत पूर्ण रूपमा रोक

Thursday, August 13, 2020 National Power

काठमाडौं – काठमाडौं स् काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमित वृद्धि हुन थालेपछि काठमाडौं आवतजावत गर्ने दिइने पास पूर्ण रूपमा बन्द गरिएको छ। काठमाडौं जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयको निर्देशनमा उपत्यकाबाट बाहिरिने र भित्रने सवारी पास पूर्ण रूपमा बन्द गरेको हो।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेले एक विज्ञप्ति जारी गर्दै काठमाडौं उपत्यका बाहिर जाने सवारी साधनको लागि जारी गरिँदै आएको सवारी पास पूर्ण रूपमा बन्द गरिएको जानकारी दिए। उनले उपत्यका बाहिरका जिल्लाहरुबाट उपत्यका भित्रिनको लागि दिँदै आएको सवारी पास स्वीकृतिसमेत अर्को व्यवस्था नभएसम्मका लागि पूर्ण रुपमा बन्द गरिएको बताए।

गृह मन्त्रालयले ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई बुधबार परिपत्र गर्दै मन्त्रालयले यही साउन २९ गतेदेखि लागू हुने गरी सवारी पास वितरण नगर्न निर्देशन दिएको थियो।

यसअघि सरकारले अत्यावश्यक कामका लागि अन्तरजिल्ला जान सवारी पास वितरण गर्दै आएको थियो। पछिल्लो समयमा मुलुकभर कोभिड –१९ को संक्रमण बढ्दो छ। काठमाडौँ उपत्यकामा समेत दैनिक १०० जनाभन्दा बढी सङ्क्रमण देखिएपछि प्रवेशमा नाकामा कडाइ गरिएको छ। अन्तरजिल्ला सवारी पास रद्द भएपनि बिरामी ल्याउन लैजानका लागि एम्बुलेन्स भने आउन जान पाउने छन्।