Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

सात लाख ४७ हजार मानिसको ज्यान लिने कोरोना, संक्रमितको संख्या दुई करोड आठ लाख नाघ्यो

Thursday, August 13, 2020 National Power

काठमाडौं- विश्वभर कोरोना सक्रमितको संख्या दुई करोड आठ नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड आठ लाख लाख ६ हजार दुई सय ४८ पुगेको छ । त्यस्तै आज विहानसम्म विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या सात लाख ४७ हजार दुई सय ५६ पुगेको छ भने एक करोड ३७ लाख चार हजार ४६ जना कोरोना मुक्त भइसकेका छन् ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणबाट अमेरिका सबैभन्दा बढी प्रभावित छ। अमेरिकामा मात्र एक लाख ६९ हजार एक सय ३१ जनाले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन् । त्यस्तै,ब्राजिलमा एक लाख चार हजार दुई सय ६३ , भारतमा ४७ हजार एक सस ३८ जनाले कोरोनाबाट गुमाईसकेका छन् । तथ्याङक अनुसार पछिल्लो समय मेक्सिकोमा समेत संक्रमणको ग्राफ बढ्दै गएको छ ।

आजसम्म मेक्सिकोमा ५४ हजार ६ सय ६६ जनाले संक्रमणबाट ज्यान गुमाइसकेका छन् । मेक्सिकोमा पछिल्लो २४ घण्टामा मात्रै सात सय ३७ जनाले ज्यान गुमाएको तथ्याङकले देखाएको छ ।