Tuesday 21st April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

जनताको रोजाईमा अक्षय पहिलो नम्बरमा

Wednesday, August 12, 2020 National Power

एजेन्सी – भारतमा कोरोना संक्रमितको संख्या २० लाख नाघिसकेको छ । भाइरसका कारण फिल्म हलहरु बन्द छन् । बलिउड फिल्मको सुटिङ पनि रोकिएको छ । कोरोनाकाल पहिल्यै सुटिङ सकिएका केही फिल्महरु डिजटल प्लेटफर्ममार्फत सार्वजनिक हुँदैछन् ।

तर, यो प्लेटफर्म अझै पनि आम भारतीयको सहज पहुँचमा छैन । यी सबैका बाबजुद ताजा सर्वेक्षणअनुसार शाहरुख खान, सलमान खान, आमिर खान र अमिताभ बच्चन चर्चित अभिनेताको सूचीमा शीर्ष १० भित्र छन् । तर नम्बर १ अक्षयकुमार छन् । देशका २४ प्रतिशत जनताले अक्षयलाई नम्बर एक हिरो मान्छन् ।

मिडिया समूह इन्डिया टुडेले गरेको यस र्सेमा देशका १२ हजार जनताको राय लिइएको थियो । यसमध्ये २४ प्रतिशतले अक्षयकुमार तथा २३ प्रतिशतले अमिताभ बच्चनलाई नम्बर एक अभिनेता माने ।

यस सर्वेक्षणमा शाहरुख खान ११ प्रतिशत भोटसहित तेस्रो स्थानमा, सलमान खान १० प्रतिशतसहित चौथो र आमिर खान ६ प्रतिशत भोटसहित पाँचौ स्थानमा छन् ।

अजय देवगन, ऋतिक रोशन र रणविर सिंहले समान ४–४ प्रतिशत भोट पाए ।