Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

कंगना रनौतको निशानामा आइन् दीपिका पादुकोण, रणबीरलाई लगाइन् यस्तो आरोप

Wednesday, August 12, 2020 National Power

एजेन्सी – नायिका कंगना रनौत आजकाल आफ्नो फिल्मका लागि नभई आफ्नो तिखो बयानका कारण चर्चामा छिन् । सुशान्त सिंह राजपूतको मृत्युपछि लगातार कंगना बी टाउनका दिग्गजमाथि आफ्नो बयानमार्फत् हमला गरिरहेकी छिन् । अब कंगना रनौतले नायक रणबीर कपुर र नायिका दीपिका पादुकोणको निशानामा पारेका छिन् ।

कंगना रनौतको टिमको ट्वीटरमा एक बयान सेयर गर्दै रणबीर कपुर र दीपिका पादुकोणविरुद्ध यस्तो लेखेकी छिन् जुन पढ्दा तपाईं पनि अचम्ममा परिरहनुभएको छ । कंगनाले रणबीर कपुरलाई ‘स्कर्ट चेजर’ बताएकी छिन् जबकी दीपिका पादुकोणलाई ‘साइको’ बताएकी छिन् ।

वास्तवमा कंगनाको समूहले यो ट्वीट एक प्रयोगकर्तालाई जवाफ दिँदै लेखेकी हुन् । कंगना रनौतको टीमले लेखेको छ, ‘रणबीर कपुर एक सिरियल स्कर्ट चेजर हुन् तर कसैले पनि उनलाई बलात्कारी भन्दैन । दीपिका मानसिक रोगी हुन् तर कसैले उनलाई साइको वा बोक्सी भन्दैन । यस्तो नाम त सामान्य बाहिरी व्यक्तिका लागि आरक्षित छ जो सानो शहर र विनम्र परिवारबाट आएका हुन्छन् ।’

केही दिन अघि कंगनाले एक बयानमा भनेकी थिइन्, ‘यदि म आफ्नो घरमा झुण्डिएको अवस्थामा भेटिएँ भने बुझ्नुहोस् कि मैले आत्महत्या गरेकी होइन ।’ उनको यो बयानले सनसनी मच्चाएको थियो ।