Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

किस्ट अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि

Wednesday, August 12, 2020 National Power

काठमाडौं – ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा मृत्यु भएकी एकजना महिलाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । काठमाडौं टेकुकी ७८ वर्षीया महिलाको मंगलबार राति सवा १ बजे मृत्यु भएको किस्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिए । पाठकका अनुसार ती महिलाको बुधबार बिहान नै कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

उनलाई यही साउन २६ गते पाटन अस्पतालले किस्टमा रिफर गरेको थियो । उनमा ज्वरो, पखाला र वान्ताको समस्या देखिएको थियो । ‘अन्य अस्पतालले भर्ना नलिएपछि भौंतारिदा भौंतारिँदै पाटन अस्पताल हुँदै हामीकहाँ आउनु भएको थियो,’ पाठकले भने, ‘आईसीयुमा राखेर उपचार गर्दागर्दै उहाँको देहान्त भयो ।’

उनले भने, ‘किस्ट अस्पतालले कोभिड वार्ड चलाइसकेको छैन, तर हामीले कोभिड शंकास्पद विरामीलाई पनि भर्ना लिएर उपचार गर्दै आएका छौं । रिफर गर्ने हाम्रो नीति छैन ।’