Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

सुशान्तको पितासँगको सम्बन्ध बारे सन्जय राउतले उठाए प्रश्न

Tuesday, August 11, 2020 National Power

एजेन्सी- सुशान्त सिंह राजपुतको आत्महत्याको विषयमा शिवसेनाको नेता सन्जय राउतले एक लेख लेखेका छन् । शिवसेनाको मुखपत्र सामनामा नेता सन्जयले सुशान्त र उनका पिता केके सिंहबीचको सम्बन्धलाई लिएर प्रशन उठाएका हुन् । उनले सोधेका छन् कि सुशान्त कतिपटक आफ्नो पितासँग भेट्न जान्थे ? सन्जय राउतले आफ्नो लेख मार्फत पिता केके सिंहको दोस्रो विवाहलाई लिएर दाबी गरेका छन् । उनले सुशान्तलाई बाबुले गरेको दोस्रो विवाह मन्जुर नभएको बताएका छन् । सुशान्त कतिपटक आफ्नो घरमा पितासँग भेट्न गएका थिए ?

यसको साथै सन्जयले आदित्य ठाकरेको मुद्दाको बारेमा पनि बताएका छन् । उनले लेखेका छन्, डिनो मारियाको घरमा भएको कथित पार्टीबाट सुशान्तको मृत्यु जोडिएको छ । मोरिया र केही मानिस आदित्य ठाकरेको साथी हुन् । यदि मित्रताको कारण आदित्यलाई निशाना बनाइरहेका छन्, त्यो गलत हो । सन्जयले षड्यन्त्र बताउँदैलेखेका छन्, यो स्क्रिप्ट पहिले नै लेखिएको थियो । पर्दा पछाडी के भयो त्यो महाराष्ट्र सरकारको बिरुद्ध षड्यन्त्र हो ।