Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

रुस कोरोना भ्याक्सिन विकास गरी दर्ता गर्ने पहिलो मुलुक बनेको पुटिनको घोषणा

Tuesday, August 11, 2020 National Power

एजेन्सी- रुस कोरोना भ्याक्सिनको विकास गर्ने पहिलो मुलुक बनेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विश्वभरमा पहिलो भ्याक्सिन विकास गरी प्रयोगका लागि दर्ता समेत भएको जानकारी दिएका हुन् । रुसी समाचार संस्था तासका अनुसार पुटिनले आज उच्च अधिकारीहरुसँगको बैठकमा रुस कोरोना भ्याक्सिन विकास गरी प्रयोगका लागि दर्ता गर्ने पहिलो मुलुक भएको बताएका हुन् । उनले स्वास्थ्यमन्त्री मिखायल मुरास्कोले यसबारे वृस्तृत सुचना दिने बताएका छन् ।

तासले पुटिनको भनाई उदृत गर्दै भनेको छ, ‘जहाँसम्म मलाई थाहा छ आज विहान विश्वभरमा पहलिोपटक नोबल कोरोना भाइरस विरुद्धको भ्याक्सिन दर्ता भएको छ ।’ अब भ्याक्सिन सर्वप्रथम कोरोनाविरुद्धको अग्रिम मोर्चामा रहेका स्वास्थ्यकर्मी, सेना, शिक्षकलगायतमा शुरुमा प्रयोग गरिने पुटिनले बताएका छन् ।

मस्कोस्थित गामलियाले विकास गरेको भ्याक्सिन अनुमोदित भएसँगै यो सार्वजनिक प्रयोगमा आउने विश्वकै पहिलो कोरोना भ्याक्सिन भएको छ । रुसले रक्षा मन्त्रालयसँगको सहकार्यमा गामलियाको भ्याक्सिन परीक्षणमा सफल भएको दाबी गरेको थियो । तीन चरणको परीक्षणपछि भ्याक्सिनलाई अनुमोदनका लागि पठाइएको थियो । आगामी महिना रुसी जनतामा भ्याक्सिनको प्रयोग हुनेछ । रुसले आफ्ना जनताका लागि अक्टोबरमा भ्याक्सिन प्रयोगमा ल्याउने भएको छ ।