Wednesday 9th July 2025

    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.    “दुरदेखि आएँ प्रिय” निर्देशक खरेलको समाजप्रति एक गहिरो व्यंग्यात्मक दृष्टि

विश्वभर कोरोना सङ्क्रमितको दुई करोड नाघ्यो

Monday, August 10, 2020 National Power

काठमाण्डौ –  विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड नाघेको छ । विश्व स्वास्थ्य (डब्लुएचओ) ले सोमबार दिएको जानकारीअनुसार विश्वमा दुई करोड २६ हजार २११ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् । कोरोना भाइरस सङ्क्रमणको कारण विश्वभरी सात लाख ३४ हजार २५ जनाको मृत्यु भएको पनि सो संगठनले जनाइएको छ । सोमबारसम्म विश्वभरीमा एक करोड २९ लाख ७५७ जना व्यक्ति कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् ।

विश्वभरमा हाल ६३ लाख ९१ हजार ५०५ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका र उनीहरुको उपचार भइरहेको छ ।सङ्क्रमितमध्ये ६४ हजार ९९४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ५१ लाख ९९ हजार ४४४ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ६५ हजार ६१७ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ४७ लाख ५० हजार ४०४ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ एक लाख ५९ हजार ७२९ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ६१ लाख २० हजार ५१५ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ दुई लाख ३४ हजार ८४५ जनाको मृत्यु भएको छ ।

युरोपमा ३० लाख ३६ हजार ७५२ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने दुई लाख ६ हजार १४१ को मृत्यु भएको छ । एसिया ५० लाख ४२ हजार ४७० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने एक लाख ९ हजार ६३१ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा दश लाख ५२ हजार ४० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २३ हजार ३२४ जनाको मृत्यु भएको छ । ओसियानामा २३ हजार ३०९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ३४० जनाको मृत्यु भएको छ । एएफपी