Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

सञ्जय दत्त अस्पतालमा, परिवार ४ महिनादेखि दुबईमा

Monday, August 10, 2020 National Power

एजेन्सी – मुम्बईका लिलावती अस्पतालमा भर्ना भएका भारतीय अभिनेता सञ्जय दत्तको स्वास्थ्य अवस्थामा सुधार भएको छ । उनी एक दुई दिनभित्रै डिस्चार्ज हुने जनाइएको छ । सञ्जयको स्वास्थ्य अवस्थामा सुधार आइरहेको उनका घनिष्ठ मित्र फिल्म निर्देशक अजय अरोडाले जानकारी दिएका छन् ।शनिबार राती सञ्जयको शरीरमा अक्सिजनको मात्रामा कमी देखिएलगत्तै अस्पताल भर्ना गरिएको थियो । दैनिक भास्करसँगको कुराकानीमा अजयले भने, सञ्जय(सञ्जु)को स्वास्थ्यमा त्यति धेरै समस्या थिएन । मौसमको बदलीसँगै उनको स्वास्थ्यमा केही गडबढी देखिएको हो । उनी अहिले बिल्कुल ठिक छन् । उनलाई एक दुई दिनमा अस्पतालले डिस्चार्ज गरिदिन्छ ।’

सञ्जय अस्पतालमा भर्ना भइरहँदा उनको परिवार भने दुबईमा रहेको छ । सञ्जय पत्नी मान्यता, दुबै बच्चाहरु इक्रा र शरण मार्चमा लकडाउन सुरु भएदेखिनै भारत आउन सकेका छैनन् । उनीहरु दुबईमै रोकिएका छन् । उनीहरु सञ्जयसँग फोन, भिडियो कलमार्फत सम्पर्कमा रहेका छन् ।