Sunday 9th November 2025

    ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ तथा अञ्जना गुरुङ एकल सांस्कृतिक कार्यक्रम सम्पन्न    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक

सञ्जय दत्त अस्पतालमा, परिवार ४ महिनादेखि दुबईमा

Monday, August 10, 2020 National Power

एजेन्सी – मुम्बईका लिलावती अस्पतालमा भर्ना भएका भारतीय अभिनेता सञ्जय दत्तको स्वास्थ्य अवस्थामा सुधार भएको छ । उनी एक दुई दिनभित्रै डिस्चार्ज हुने जनाइएको छ । सञ्जयको स्वास्थ्य अवस्थामा सुधार आइरहेको उनका घनिष्ठ मित्र फिल्म निर्देशक अजय अरोडाले जानकारी दिएका छन् ।शनिबार राती सञ्जयको शरीरमा अक्सिजनको मात्रामा कमी देखिएलगत्तै अस्पताल भर्ना गरिएको थियो । दैनिक भास्करसँगको कुराकानीमा अजयले भने, सञ्जय(सञ्जु)को स्वास्थ्यमा त्यति धेरै समस्या थिएन । मौसमको बदलीसँगै उनको स्वास्थ्यमा केही गडबढी देखिएको हो । उनी अहिले बिल्कुल ठिक छन् । उनलाई एक दुई दिनमा अस्पतालले डिस्चार्ज गरिदिन्छ ।’

सञ्जय अस्पतालमा भर्ना भइरहँदा उनको परिवार भने दुबईमा रहेको छ । सञ्जय पत्नी मान्यता, दुबै बच्चाहरु इक्रा र शरण मार्चमा लकडाउन सुरु भएदेखिनै भारत आउन सकेका छैनन् । उनीहरु दुबईमै रोकिएका छन् । उनीहरु सञ्जयसँग फोन, भिडियो कलमार्फत सम्पर्कमा रहेका छन् ।