Tuesday 28th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

प्रहरी कन्ट्रोलमा कार्यरत ३ प्रहरीमा कोरोना संक्रमण पुष्टि

Monday, August 10, 2020 National Power

काठमाडौं –  महानगरीय प्रहरी कार्यालय रानीपोखरीस्थित प्रहरी कन्ट्रोलमा कार्यरत तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मेट्रो कन्ट्रोल पनि भनिने यहाँ करिब एक सय जना कार्यरत छन् ।संक्रमित व्यक्तिहरुको निकट सम्पर्कमा रहेकालाई पीसीआर परीक्षणको तयारी गरिएको छ ।

प्रहरीको सहयोग चाहिएमा वा प्रहरीलाई कुनै सूचना दिनुपरेमा १०० नम्बरमा फोन गर्दा प्रहरी कन्ट्रोलमा उठ्छ । फोन गर्दा पैसा नलाग्ने १०० नम्बरमा प्रहरीहरु २४ सै घण्टा तैनाथ हुन्छन् । यहाँ बिभिन्न खालका सूचनाहरु संकलन हुने गर्दछ । यही कन्ट्रोलमा कार्यरत तीन जना प्रहरीमा कोरोना भाइरस संक्रमण देखिएको हो ।

यसअघि रानीपोखरीमै कार्यरत एक जना प्रहरीमा पनि कोरोना संक्रमण देखिएको थियो । यसैगरी नेपाल प्रहरीको पहरा गण सामाखुसी र नगर प्रहरी एक जनामा पनि कोरोना संक्रमण देखिएको छ । नगर प्रहरीलाई ज्वरो आएपछि परीक्षण गराउँदा कोरोना संक्रमण पुष्टि भएको थियो ।