Tuesday 28th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

प्रदेश ५ का आन्तरिक मामिलामन्त्री आइसोलेसनमा

Friday, August 7, 2020 National Power

बुटवल – प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी आइसोलेसनमा बसेका छन् । प्रदेश २ का आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना संंक्रमण पुष्टि भएसँगै यादवसँगै कार्यक्रममा सहभागी भएका मन्त्री केसी होम आइसोलेसनमा बसेका हुन् ।

मन्त्री केसी केही दिन पहिले संघीय राजधानी काठमाडौँमा आयोजित प्रदेशमा प्रहरी व्यवस्थापन सम्बन्धमा भएको छलफलमा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सहभागी कार्यक्रममा उपस्थित थिए ।मन्त्री केसी बिहीबारदेखि होम आइसोलेसनमा बसेको प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले जानकारी दिए ।केसीको पीसीआर परीक्षण गर्ने र पीसीआर रिपोर्ट पोजेटिभ आए मुख्यमन्त्री,सबै मन्त्री,मन्त्रालयका सचिवलगायत उनीहरुको सम्पर्कमा आएका सबैजना आइसोलेसनमा बस्ने सामाजिक विकास मन्त्री बरालले बताए ।

यसैैबीच प्रदेश ५ को भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको एक महाशाखा प्रमुखलाईर् समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका उच्च अधिकारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङको काम सुुरु भएको मन्त्रालयले जनाएको छ ।