Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

यो तीजलाई शान्तिप्रिय र सरिताको रातो सारी लरक्कै

Tuesday, August 4, 2020 National Power

काठमाडौं- नेपाली हिन्दु धर्मावलम्बी महिलाहरुको नजिकिँदै गरेको विशेषपर्व तीजको रमझम सांगीतिक रुपमा सुरु भईसकेको छ । यसै क्रममा बजारमा विभिन्न तीज भाकाहरु आईरहेको छन् ।

यही तीजलाई लक्षित गरेर गायिका मोडल एवम् सञ्चारकर्मी सरिता भारतीले आफ्नो स्वरमा नयाँ तीज भाका रातो सारी लरक्कै…को भिडियो बजारमा ल्याएकी छिन् । उनले आफ्नो यो गीत आफ्नै अफिसियल च्यानल व्युटी न्युज नेपालबाट मँगलरबार रिलिज गरेकी हुन् ।
रेकर्डिङको हिसाबले सरिताको यो छैटौं गीत हो । यस अघि चार ओटा गीत उनले बजारमा ल्याईसकेकी छिन भने अरु दुई वटा गीतको भिडियो अर्को महिना रिलिज हुनेछन् । आफ्नो गीत तीजमा पर्वमा विभिन्न पहिरन र आभुषणले सजिएकी एक नारीले आफ्नो पहिरन, आभूषण र सौन्दर्यको प्रसँसा गर्ने प्रसँगमा आधारित रहेको गायिका सरिता भारतीले बताईन् ।

यो तीज गीत अग्रज पत्रकार शान्तिप्रियद्धारा लेखिएको हो । शान्तिप्रियको यसै महिना भित्र अझै तीन ओटा तीजगीत रिलिज हुने भएको छ । सँगीतबाट गिनिज अफ वल्र्ड रेकर्डमा नाम लेखाएका सन्तोष श्रेष्ठको संगीत यो तीज गीतमा छ ।

बिलक्षण क्रियसनले निर्माण गरेको यो गीतको भिडियोमा अभिनेत्रीद्धय अनामिका चौलागाईं, दीपाशा बिसीसँगै गायिका सरिता भारतीको प्रतिस्पर्धामुलक मुख्य भूमिका रहेको छ ।

यो गीतको भिडियोलाई अग्रज छायाँकार तथा निर्देशक राजु केसीले छायाँकन गरेका हुन् । भिडियोमा राहुल श्रेष्ठ छबी थापामगरको कोरियोग्राफी, बीरेन्द्र भाट ‘बिपिन’को सम्पादन, ब्युटिसियन ट्यालेन्ट नेपाल २०२० की बिजेता लिना डँगोल र लक्ष्मी महर्जनको सृँगार छ । भिडियोलाई डब्बु क्षत्रीले तयार गरेका हुन् ।