Saturday 17th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

गायक सि डि विजयले अनुरोधनात्मक शैलीमा भने भो बाहिर नजाऊ हुन्न र 

Friday, July 31, 2020 National Power

काठमाण्डौ – सारा विश्व नै कोरोना भाइरसको डरलाग्दो महामारीबाट विचलित भैरहेको बेला विभिन्न पेशा या व्यवशायमा आबद्ध व्यक्तिहरुले आ-आफ्नो बिधा र दक्षता अनुसार जनतालाई सान्त्वना र आत्मबल बढाउन योगदान गर्दै आइरहेको अबस्थामा सर्जक, गायक र कलाकारहरु पनि यसबाट टाढा रहन सकेका छैनन्।

अहिले यो महामारी सम्बन्धि विभिन्न गीत, गजल, मुक्तक, कविता जस्ता लेख रचनाहरु आउने सन्दर्भमा मूल त गीतकारको रुपमा परिचित प्रकाश सुवेदीको शब्द, भ्वाइस अफ नेपालको प्रथम विजेता गायक सिडी विजय अधिकारीको स्वर तथा सङ्गीत, राजु कार्कीको सङ्गीत संयोजन र कुशल सम्पादक विरेन्द्र भाट विपिनको भिडियो सम्पादनमा जे छ घरमा मीठो नमीठो त्यहि खाऊ हुन्न ररुझ बोलको अनुरोधनात्मक शैलीमा लेखिएको चेतनामूलक गजल सि डि एम म्यूजिक क्रिएसन र स्टूडियो किङ्गको सहकार्यमा नेपाली साङ्गीतिक बजारमा आएको छ।

बर्तमान समस्यालाई नै आधार बनाएर मेरो विश्व मेरो घर र भो शुभकामना नपठाऊ जस्ता अति सन्देशमूलक गीतहरु भर्खरै मात्र सार्वजनिक गरेका प्रकाशले यो गजल मार्फत बाहिर निस्किंदा स्वास्थ्यमा सङ्क्रमण आउन सक्ने हुनाले सरकारले निर्देशन गरेको नियम पालना गर्दै घरमा जे छ त्यसैले निर्वाह गर्दै स्वयं र संसारलाई बँचाउन आह्बान गरेका छन् ।