Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

गायक सि डि विजयले अनुरोधनात्मक शैलीमा भने भो बाहिर नजाऊ हुन्न र 

Friday, July 31, 2020 National Power

काठमाण्डौ – सारा विश्व नै कोरोना भाइरसको डरलाग्दो महामारीबाट विचलित भैरहेको बेला विभिन्न पेशा या व्यवशायमा आबद्ध व्यक्तिहरुले आ-आफ्नो बिधा र दक्षता अनुसार जनतालाई सान्त्वना र आत्मबल बढाउन योगदान गर्दै आइरहेको अबस्थामा सर्जक, गायक र कलाकारहरु पनि यसबाट टाढा रहन सकेका छैनन्।

अहिले यो महामारी सम्बन्धि विभिन्न गीत, गजल, मुक्तक, कविता जस्ता लेख रचनाहरु आउने सन्दर्भमा मूल त गीतकारको रुपमा परिचित प्रकाश सुवेदीको शब्द, भ्वाइस अफ नेपालको प्रथम विजेता गायक सिडी विजय अधिकारीको स्वर तथा सङ्गीत, राजु कार्कीको सङ्गीत संयोजन र कुशल सम्पादक विरेन्द्र भाट विपिनको भिडियो सम्पादनमा जे छ घरमा मीठो नमीठो त्यहि खाऊ हुन्न ररुझ बोलको अनुरोधनात्मक शैलीमा लेखिएको चेतनामूलक गजल सि डि एम म्यूजिक क्रिएसन र स्टूडियो किङ्गको सहकार्यमा नेपाली साङ्गीतिक बजारमा आएको छ।

बर्तमान समस्यालाई नै आधार बनाएर मेरो विश्व मेरो घर र भो शुभकामना नपठाऊ जस्ता अति सन्देशमूलक गीतहरु भर्खरै मात्र सार्वजनिक गरेका प्रकाशले यो गजल मार्फत बाहिर निस्किंदा स्वास्थ्यमा सङ्क्रमण आउन सक्ने हुनाले सरकारले निर्देशन गरेको नियम पालना गर्दै घरमा जे छ त्यसैले निर्वाह गर्दै स्वयं र संसारलाई बँचाउन आह्बान गरेका छन् ।