Thursday 17th July 2025

    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

अमृत खाती आए खबरदारी गर्दै कालो मोसो लिएर

Wednesday, July 29, 2020 National Power

काठमाण्डौ – अहिले देशमा हरेक प्रकारका बिकृती बिसङ्गतीले जरो गाडिरहेको छ। मौलिकताहरु मासिदै गैरहेको छ,चाडपर्व हरुमा बिकृती हरु देखा परिरहेका छन। साहित्य, कला, सस्कृती,रितिरिवाजहरुमा बिकृती देखा परिरहेका छन। यो सङ्गसङ्गै नेपाली गित सङ्गीत तथा लोक सङ्गीत पनि अछुतो रहन सकेको छैन। तिजका गितहरुमा रत्यौली गाइन्छ, दशै तिहारका गितमा पर्वका मर्म भुलेर ठ्ट्यौली गाइन्छ।सुन्न नसकिने गितहरु छन भने हेर्न नसकिने भिडियो निर्माण भैरहेका छन। यसै बिषयलाई मध्यनजर गर्दै खबरदारी स्वरुप कलाकारहरूले कालो मोसो दलौ नामक गितको भिडियो सार्वजानिक गरेका छन।

चर्चित गायकहरु अमृत खाती र नमराज ढुङ्गानाको शब्द रचना र चर्चित गायक तथा सङ्गीत सम्योजक कमल सौरागको सङ्गीत र सम्योजनमा तयार गरिएको गित अमृत खाती,नमराज ढुंगाना , पुर्णकला बि सी,उमा श्रेष्ठ र कोपिला वाइबाले स्वरबद्व गरेका छन। खस भाषा बोलेर भाइरल बनेका कुल बहादुर ओलि,मनिशा राइ,  भिम केसी,  भिम कुसारीको अभिनय रहेको उक्त भिडियोमा हुम गैरेको निर्देशन तथा सम्पादनमा तयार भएको छ भने भिडियोको छायांकन बसन्त महर्जनले गर्नु भएको छ। बाध्यबादकको रुपमा सुर्य पुर्वछाने मगर, गोपाल पहाडी,यादब श्रेष्ठ ,नेत्र श्रेष्ठ लगायतका साथीहरुले भुमिका निर्वाह गर्नु भएको छ।