Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

अमृत खाती आए खबरदारी गर्दै कालो मोसो लिएर

Wednesday, July 29, 2020 National Power

काठमाण्डौ – अहिले देशमा हरेक प्रकारका बिकृती बिसङ्गतीले जरो गाडिरहेको छ। मौलिकताहरु मासिदै गैरहेको छ,चाडपर्व हरुमा बिकृती हरु देखा परिरहेका छन। साहित्य, कला, सस्कृती,रितिरिवाजहरुमा बिकृती देखा परिरहेका छन। यो सङ्गसङ्गै नेपाली गित सङ्गीत तथा लोक सङ्गीत पनि अछुतो रहन सकेको छैन। तिजका गितहरुमा रत्यौली गाइन्छ, दशै तिहारका गितमा पर्वका मर्म भुलेर ठ्ट्यौली गाइन्छ।सुन्न नसकिने गितहरु छन भने हेर्न नसकिने भिडियो निर्माण भैरहेका छन। यसै बिषयलाई मध्यनजर गर्दै खबरदारी स्वरुप कलाकारहरूले कालो मोसो दलौ नामक गितको भिडियो सार्वजानिक गरेका छन।

चर्चित गायकहरु अमृत खाती र नमराज ढुङ्गानाको शब्द रचना र चर्चित गायक तथा सङ्गीत सम्योजक कमल सौरागको सङ्गीत र सम्योजनमा तयार गरिएको गित अमृत खाती,नमराज ढुंगाना , पुर्णकला बि सी,उमा श्रेष्ठ र कोपिला वाइबाले स्वरबद्व गरेका छन। खस भाषा बोलेर भाइरल बनेका कुल बहादुर ओलि,मनिशा राइ,  भिम केसी,  भिम कुसारीको अभिनय रहेको उक्त भिडियोमा हुम गैरेको निर्देशन तथा सम्पादनमा तयार भएको छ भने भिडियोको छायांकन बसन्त महर्जनले गर्नु भएको छ। बाध्यबादकको रुपमा सुर्य पुर्वछाने मगर, गोपाल पहाडी,यादब श्रेष्ठ ,नेत्र श्रेष्ठ लगायतका साथीहरुले भुमिका निर्वाह गर्नु भएको छ।