Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

सन्दीप चार्टर विमानबाट वेस्ट इन्डिज जाने निश्चित

Wednesday, July 29, 2020 National Power

काठमाडौँ — नेपाली लेग स्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्ने वेस्ट इन्डिज जाने निश्चित भएको छ । अन्तर्राष्ट्रिय हवाई उदान रद्द रहेको स्थितिमा सन्दीपले त्यो प्रतियोगिता खेल्ने अनिश्चित भएको थियो । तर नेपाल सरकारले सहजीकरण गरेपछि अब उनी त्यहाँ जाने निश्चित भएको हो ।

सन्दीपको नेपाल स्थिति व्यवस्थापक रमन सिवाकोटीले ट्विटबाट त्यसको पुष्टि गरेका छन् । उनले सन्दीप जुलाई ३० मा त्यसतर्फ जाने बताएका छन् र यसका लागि चार्टर गरिएको कोरियाली विमान प्रयोग गर्नेछन् । शिवाकोटीका अनुसार अगस्ट १ सम्ममा उनी क्यारेबियन पुगिसक्ने छन् ।

सन्दीपले जमैका तलाबाजबाट खेल्न ९० हजार डलरका अनुबन्ध गरेका थिए । क्यारेबियन जानका लागि सन्दीपले लामो समयदेखि त्यसको व्यवस्था गर्न प्रयास गरिरहेका थिए । शिवाकोटीले यो काम सम्भव पार्न सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिएका छन् ।