Thursday 23rd April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

इपिएल फुटबलमा रोमाञ्चक खेलः लिसेस्टरलाई धक्का l

Monday, July 27, 2020 National Power

एजेन्सी- यो सिजनको इंग्लिस प्रिमियर लिग फुटबलको अन्तिम रात निकै रोमाञ्चक भएको छ । लिभरपुल लिग विजेता भएपनि रेलिगेसनको दुई टोली र च्याम्पियन्स लिगमा स्थान बनाउने दुई टोलीको स्थान भने अन्तिम खेलबाट निर्णय भयो ।

म्यानचेस्टर युटाइटेड, चेल्सी र लिसेस्टर सिटी च्याम्पियन्स लिगको लागि स्थान बनाउन अन्तिम खेलसम्म भिडे । जसमा लिसेस्टरलाई झड्का लाग्यो । लिसेस्टरको मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेड २(० ले जित हासिल गर्न सफल भयो । चेल्सीले पनि वुल्भलाई २(० ले पराजित गरेपनि च्याम्पियन्स लिगमा स्थान पक्का गर्यो ।

यसैगरी, रेलिगेसनको दुई टोलीको टुंगो अन्तिम खेलले लगायो । जसमा बर्नमाउथ र वार्टफोर्ड रेलिगेसनमा परे । वेष्ट ह्यामसँग एस्टन भिल्लाले १(१ को बराबरी खेल्दा वाटफर्ड आर्सनलसँग २(३ ले पराजित भयो । भिल्लाले वेस्ट ह्यामसँग हार व्यहोरेको भए बर्नमाउथ रेलिगेसनबाट जोगिने थियो । वार्टफर्डले बराबरी खेलेको भए रेलिगेसनमा नपर्ने सम्भावना रहन्थ्यो ।