Thursday 16th October 2025

    विजया दशमी २०८२ : धार्मिक, साँस्कृतिक र सामाजिक पर्व    ई. दिपेन्द्रलाई खानेपानी मन्त्री बनाउन जेनजीको माग    सोफा हब काठमाडौंले सुरु गर्यो ‘दशैँ–तिहार झटका अफर’, थाइल्यान्ड भ्रमणदेखि फ्रिजसम्म उपहार    राजनीतिक अस्थिरताका कारण नेपालमा बलिउड फिल्मको छायाङ्कन रोकियो    जेनजी आन्दोलनमा सुदूरपश्चिमले गुमायो सात युवा

इपिएल फुटबलमा रोमाञ्चक खेलः लिसेस्टरलाई धक्का l

Monday, July 27, 2020 National Power

एजेन्सी- यो सिजनको इंग्लिस प्रिमियर लिग फुटबलको अन्तिम रात निकै रोमाञ्चक भएको छ । लिभरपुल लिग विजेता भएपनि रेलिगेसनको दुई टोली र च्याम्पियन्स लिगमा स्थान बनाउने दुई टोलीको स्थान भने अन्तिम खेलबाट निर्णय भयो ।

म्यानचेस्टर युटाइटेड, चेल्सी र लिसेस्टर सिटी च्याम्पियन्स लिगको लागि स्थान बनाउन अन्तिम खेलसम्म भिडे । जसमा लिसेस्टरलाई झड्का लाग्यो । लिसेस्टरको मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेड २(० ले जित हासिल गर्न सफल भयो । चेल्सीले पनि वुल्भलाई २(० ले पराजित गरेपनि च्याम्पियन्स लिगमा स्थान पक्का गर्यो ।

यसैगरी, रेलिगेसनको दुई टोलीको टुंगो अन्तिम खेलले लगायो । जसमा बर्नमाउथ र वार्टफोर्ड रेलिगेसनमा परे । वेष्ट ह्यामसँग एस्टन भिल्लाले १(१ को बराबरी खेल्दा वाटफर्ड आर्सनलसँग २(३ ले पराजित भयो । भिल्लाले वेस्ट ह्यामसँग हार व्यहोरेको भए बर्नमाउथ रेलिगेसनबाट जोगिने थियो । वार्टफर्डले बराबरी खेलेको भए रेलिगेसनमा नपर्ने सम्भावना रहन्थ्यो ।