Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

पैसा लिएर सामान डेलिभर नगर्ने कुरियरका प्रतिनिधि पक्राउ

Monday, July 27, 2020 National Power

काठमाडौं – पैसा लिएर कुरियर डेलिभर नगरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा साबिज कुरियर सर्भिसका धिरज शाह छन् । उनलाई प्रहरीको अपराध अनुसन्धान महाशाखा, बानेश्वरले जनकपुरबाट पक्राउ गरेको हो । भारतीय कम्पनीबाट अनलाइनमार्फत नेपालमा सामान डेलिभर गर्ने शाहले बताएका थिए । उनले आफूलाई कम्पनीको नेपाल प्रतिनिधिका रुपमा परिचित गराउने गरेका थिए । तर, रकम लिएर सामान डेलिभर नगरेको अभियोग उनीमाथि छ ।

शाहविरुद्ध ८ जनाले किटानी जाहेरी दिएका छन् । उनले ३ लाख २५ हजार रुपैयाँ ठगी गरेको निवेदन छ । शाहबाट अन्य पनि ठगिएको हुनसक्ने आशंका प्रहरीको छ । महाशाखाका एसएसपी दिपक थापाले शाहबाट पीडित अन्य व्यक्ति पनि भए, प्रहरी कहाँ सम्पर्क गर्न भनेका छन् । शाहविरुद्ध मुलुकी अपराध संहिताको ठगी सम्बन्धी कसूरमा म्याद थप गरेर विस्तृत अनुसन्धान थाल्ने प्रहरी तयारी छ ।