Tuesday 28th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

गृह जिल्ला पुगेर गर्जिए बाँस्कोटा-सके पार्टी फुटाएर देखाउ

Saturday, July 25, 2020 National Power

 

काभ्रेपलान्चोक – नेपाल कम्युनिष्ट पार्टीका नेकपाका प्रभावशाली नेता तथा केन्द्रीय सदस्य एवं पुर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले पार्टी नेत्रुत्वलाई कमन्डलु बोक्ने की कमान्डर बन्ने सोच्न आग्रह गर्नुभएको छ । आज बनेपामा भएको एक कार्यक्रममा यस्तो भन्नू भएको हो ।

उहाँले भन्नुभयो, ‘पार्टी सिध्याएर कमण्डलु बोक्ने कि पार्टी बलियो बनाएर कमान्डर बन्ने हो नेतृत्वले सोच्नु पर्ने बेला आएको छ ।

मेरो चेतावनी अध्यक्ष प्रचण्डलाई पनि हो ओलीलाई पनि हो, पार्टी भत्काउने भए किन बनाएको ?’ बाँस्कोटाको प्रश्न थियो ।

पूर्व संचारमन्त्री समेत रहनु भएका बाँस्कोटाले आमा बाउलाई छोराछोरी जन्माएपछि हुर्काउने दायित्व हुुने भन्दै हत्या गर्ने अधिकार नभएको र छोराछोरीको हत्या गरिए सजाए भोग्न तयार हुनुपर्छ भन्नुभयो ।

उहाँले बर्तमान समय सरकारको विकल्प खोज्ने समय नभएको भन्दै नेतृत्व परिर्वतनका लागि समेत महाधिवेशन कुर्न आग्रह गर्नुभयो । ‘कसैको निहित ईच्छाका लागि पार्टी विभाजन गरिए आगामी निर्वाचनमा त्यसको जवाफ जनताले राम्रैसँग दिन्छन् त्यो कुराको हेक्का होस’् बाँस्कोटाको भनाई थियो ।

कार्यक्रममा बोल्दै पूर्वमन्त्री बाँस्कोटाले बर्तमान सरकार विकासको पक्षमा दृणताका साथ उभिएको बताउनुभयो । उहाँले भन्नु भयो , विकासको पक्षमा होस्, या राष्ट्रियताको पक्षमा सरकार दरोसँग उभिएको छ । उहाँले सरकार अन्तराष्ट्रिय नीतिमा समेत अडिग रहेको स्पष्ट पार्नुभयो ।

भेलामा परराष्ट्रमन्त्री प्रदिप ज्ञावलीको प्रमुख आतिथ्यता थियो । भेलाले कुमार तिमल्सिनाको अध्यक्षतामा मदन भण्डारी फाउन्डेन जिल्ला समिति गठन गरेको छ ।

फाउन्डेसनको उपाध्यक्षमा निरोज खड्का , सचिवमा विपिन लामा, उपसिचिवमा निर्मल त्रिपाठी र कोषाध्यक्षमा नवराज भुर्तेल सहित ३५ सदस्य जिल्ला समिति चयन गरेको छ । भेलामा हजारौं नेकपाका कार्यकर्ता एव शुभचिन्तकको उपस्थिति थियो ।