Monday 13th October 2025

    विजया दशमी २०८२ : धार्मिक, साँस्कृतिक र सामाजिक पर्व    ई. दिपेन्द्रलाई खानेपानी मन्त्री बनाउन जेनजीको माग    सोफा हब काठमाडौंले सुरु गर्यो ‘दशैँ–तिहार झटका अफर’, थाइल्यान्ड भ्रमणदेखि फ्रिजसम्म उपहार    राजनीतिक अस्थिरताका कारण नेपालमा बलिउड फिल्मको छायाङ्कन रोकियो    जेनजी आन्दोलनमा सुदूरपश्चिमले गुमायो सात युवा

एटलान्टा र मिलानले अंक बाँडे

Saturday, July 25, 2020 National Power

काठमाडौं –  इटालियन सिरी एमा दोस्रो स्थानको एटलान्टाले एसी मिलानसँग बराबरी खेलेको छ । मिलानका गोलकिपर जियानलुजी डोनारुम्बाले पेनाल्टी बचाएपछि एटलान्टाले बराबरी खेल्दै अंक बाँडेको हो । घरेलु मदानमा भएको खेलको १४औं मिनेटमा हाकन चालहानोग्ले गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए ।

२६औं मिनेटमा एटलान्टाले बराबरीको मौका गुमायो । एटलान्टाका रुस्लान मालिनोभ्स्कीको पेनाल्टी प्रहार मिलानका गोलकिपर डोनारुम्बाले बचाए । तर ३४औं मिनेटमा डुभा जापाटाले एटलान्टाको लागि बराबरी गोल फर्काए । दोस्रो हाफमा थप गोल भएन र दुवै टोलीले बराबरीपछि एक(एक अंक बाँडे ।

बराबरीपछि ३६ खेलबाट ७५ अंकसहित दोस्रो स्थानमा छ । समान खेलबाट ६० अंक जोडेको मिलान छैटौं स्थानमै यथावत छ । एक खेल कम खेलेको युभेन्ट्स ८० अंकसहित शीर्ष स्थानमा छ । युभेन्ट्सले अब साम्पडोरियालाई पराजित गरे २ खेल अगावै लिग जित्नेछ ।