Tuesday 21st April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

एटलान्टा र मिलानले अंक बाँडे

Saturday, July 25, 2020 National Power

काठमाडौं –  इटालियन सिरी एमा दोस्रो स्थानको एटलान्टाले एसी मिलानसँग बराबरी खेलेको छ । मिलानका गोलकिपर जियानलुजी डोनारुम्बाले पेनाल्टी बचाएपछि एटलान्टाले बराबरी खेल्दै अंक बाँडेको हो । घरेलु मदानमा भएको खेलको १४औं मिनेटमा हाकन चालहानोग्ले गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए ।

२६औं मिनेटमा एटलान्टाले बराबरीको मौका गुमायो । एटलान्टाका रुस्लान मालिनोभ्स्कीको पेनाल्टी प्रहार मिलानका गोलकिपर डोनारुम्बाले बचाए । तर ३४औं मिनेटमा डुभा जापाटाले एटलान्टाको लागि बराबरी गोल फर्काए । दोस्रो हाफमा थप गोल भएन र दुवै टोलीले बराबरीपछि एक(एक अंक बाँडे ।

बराबरीपछि ३६ खेलबाट ७५ अंकसहित दोस्रो स्थानमा छ । समान खेलबाट ६० अंक जोडेको मिलान छैटौं स्थानमै यथावत छ । एक खेल कम खेलेको युभेन्ट्स ८० अंकसहित शीर्ष स्थानमा छ । युभेन्ट्सले अब साम्पडोरियालाई पराजित गरे २ खेल अगावै लिग जित्नेछ ।