Wednesday 15th October 2025

    विजया दशमी २०८२ : धार्मिक, साँस्कृतिक र सामाजिक पर्व    ई. दिपेन्द्रलाई खानेपानी मन्त्री बनाउन जेनजीको माग    सोफा हब काठमाडौंले सुरु गर्यो ‘दशैँ–तिहार झटका अफर’, थाइल्यान्ड भ्रमणदेखि फ्रिजसम्म उपहार    राजनीतिक अस्थिरताका कारण नेपालमा बलिउड फिल्मको छायाङ्कन रोकियो    जेनजी आन्दोलनमा सुदूरपश्चिमले गुमायो सात युवा

आईपीएल यसै वर्ष युएईमा हुने

Wednesday, July 22, 2020 National Power

काठमाडौं –  इण्डियन प्रिमियर लिग (आईपीएल) टी- २० क्रिकेट प्रतियोगिता यसै वर्ष हुने र लिगका खेलहरु युएईमा हुने भएको छ । आईपीएल गभर्निङ काउन्सिलका अध्यक्ष वृजेश पटेलले १३औं संस्करणको आईपीएल युएईमा हुने बताएको ईएसपीएन क्रिकइन्फोले उल्लेख गरेको छ ।

पटेलले बोर्डको अर्को मिटिङ बसेपछि यसबारे आधिकारिक निर्णय गरिने जनाएका छन् । उनले प्रतियोगिताको मिति भने सार्वजनिक गरेनन् । तर पछिल्लो समय सार्वजनिक रिपोर्ट अनुसार बीसीसीआईले सेप्टेम्बर २६ देखि नोभेम्बर ७ सम्म आईपीएल गर्ने तयारी गरेको पनि क्रिकइन्फोले जनाएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले यस वर्ष अष्ट्रेलियामा हुने तय भएको टी-२० विश्वकप एक वर्ष सारेपछि आईपीएल गराउने तयारी थालिएको हो । पटेलले आईपीएलका लागि दुबई, अबुधाबी र शारजहाँ मुख्य भेन्यू हुने बताएका छन् । यसअघि सन् २०१४ को सिजन पनि भारतमा निर्वाचनको कारण आईपीएल युएईमा आयोजना गरिएको थियो । यसअघि आईपीएल मार्च २९ बाट हुने तालिका रहे पनि कोरोना महामारीका कारण १५ दिन पछि अर्थात अप्रिल १५ सम्मलाई सारिएको थियो । तर भारतमा कोरोना महामारीले गर्दा लकडाउन थपिएपछि आईपीएल अनिश्चित बनेको थियो ।