Saturday 14th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

सडक अवरुद्ध हुँदा काठमाडौंमा तरकारी आपूर्ति घट्यो

Tuesday, July 21, 2020 National Power

काठमाडौं-  निरन्तरको वर्षापछि आएको बाढी र पहिरोका कारण काठमाडौं उपत्यकामा तरकारी आपूर्तिमा समस्या देखिएको छ । बाढी र पहिरोले उपत्यका भित्रने मुख्य सडक अवरुद्ध हुँदा कालीमाटी बजारमा पहिलेझैं तरकारी भित्रिन नसकेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

सामान्य बेलामा भन्दा झण्डै आधा मात्रै तरकारी आएको समितिका प्रवक्ता विनय श्रेष्ठले जानकारी दिए । ‘देशका विभिन्न भूभागबाट दैनिक झण्डै ६ सय टन तरकारी बजारमा भित्रिन्थ्यो ।

तर साउन २ गते ५४३ टन, ३ गते ४७४ टन, साउन ४ गते ४९० टन र साउन ५ गते ३२७ टन मात्र तरकारी कालीमाटी बजारमा आइपुग्यो । साउन ६ गते मंगलबार मध्यान्हसम्म एक सय ५० टन मात्रै तरकारी आइपुगेको समितिले जनाएको छ ।