Thursday 22nd May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

सडक अवरुद्ध हुँदा काठमाडौंमा तरकारी आपूर्ति घट्यो

Tuesday, July 21, 2020 National Power

काठमाडौं-  निरन्तरको वर्षापछि आएको बाढी र पहिरोका कारण काठमाडौं उपत्यकामा तरकारी आपूर्तिमा समस्या देखिएको छ । बाढी र पहिरोले उपत्यका भित्रने मुख्य सडक अवरुद्ध हुँदा कालीमाटी बजारमा पहिलेझैं तरकारी भित्रिन नसकेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

सामान्य बेलामा भन्दा झण्डै आधा मात्रै तरकारी आएको समितिका प्रवक्ता विनय श्रेष्ठले जानकारी दिए । ‘देशका विभिन्न भूभागबाट दैनिक झण्डै ६ सय टन तरकारी बजारमा भित्रिन्थ्यो ।

तर साउन २ गते ५४३ टन, ३ गते ४७४ टन, साउन ४ गते ४९० टन र साउन ५ गते ३२७ टन मात्र तरकारी कालीमाटी बजारमा आइपुग्यो । साउन ६ गते मंगलबार मध्यान्हसम्म एक सय ५० टन मात्रै तरकारी आइपुगेको समितिले जनाएको छ ।