Thursday 22nd May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

वाग्मती नदीमा फसेका दुईजनाको उद्धार

Tuesday, July 21, 2020 National Power

जनकपुरधाम – सर्लाहीको वाग्मती नदीको बाढीमा फसेका दुई जनाको सकुलश उद्धार गरिएको छ । बागमती नगरपालिका-१२ स्थित वाग्मती नदीको बाढीमा फसेका दुई जनालाई प्रहरीको टोलीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

नदीमा दाउरा झिक्न गएका स्थानीय २४ वर्षीय डेटमान गोले र १६ वर्षीय निरज तितुङ्ग खोलाको बीच भागमा फसेपछि उनीहरुको उद्धार गरिएको प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए । बाढीमा दुई जना युवक फसेको सूचना पाएपछि प्रहरी नायव निरीक्षक मोहनमणी कटुवालको नेतृत्वमा खटिएको ८ जना प्रहरीको टोलीले दुवै जनालाई सकुशल उद्धार गरेको कुँवरले बताए । उनका अनुसार दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । लगातारको वर्षाले वाग्मतीसहित प्रदेश २ का नदी र खोलाको सतह बढ्दै गएको छ ।