Saturday 25th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

बाढीले भत्काएको मौवा खोलाको पुलको विकल्पबारे अध्ययन हुँदै

Tuesday, July 21, 2020 National Power

काठमाडौँ — सोमबार आएको बाढीले पृथ्वी राजमार्गअन्तर्गत मौवा खोलामा रहेको पुलमा क्षति पुऱ्याएपछि यसको विकल्पका बारेमा छलफल भइरहेको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले चितवन र धादिङ जोड्ने मौवा खोला पुल निर्माणको विषयमा सडक विभाग र नेपाली सेनाका इन्जिनियरबीच घटनास्थलमै पुगेर अध्ययन गरी छलफल भइरहेको बताए ।

‘इन्जिनियरहरुले त्यहाँ गएर अध्ययन गर्दा पुल बस्ने आधार बलियो छैन भने उक्त खोलाको पानीको बहावलाई अन्तै पठाएर त्यही खोलाबाटै सडक बनाएर यातायात सञ्चालन गर्नु पर्ने हुन्छ,’ उनले भने । उनले त्यस क्षेत्रको आधार बलियो भए, एक्रो वा बेली ब्रिज पनि हाल्न सकिने बताए । इन्जिनियरहरुले त्यहाँको बस्तुस्थिति बुझेपछि के गर्ने भन्ने टुंगो लाग्ने उनले जानकारी दिए ।

चितवन सिमानामा रहेको मौवा खोलाले मुख्य राजमार्गको पुल जोड्ने सडकको केही भाग बगाउँदा आवागमन रोकिएको छ। खोलाले धादिङतर्फ पुलको ढलानसँग जोडिएको सडक बगाएपछि चितवनसँगको आवागमन प्रभावित भएको छ। पुल भत्केपछि काठमाडौंतर्फ जाने सयौं सवारीसाधन मुग्लिङ फर्केका छन् । यसैगरी बेनीघाटको जोगीमारा हुग्दी खोलादेखि मौवा खोलासम्म ९ स्थानमा पहिरो खसेको छ भने विभिन्न स्थानमा ठूला चट्टानहरू सडकमा खसेका छन् ।