Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

सोभित बस्नेत आफु बिरुद्द कड्किएको देखेर साम्राज्ञीले फर्काईन यस्तो जवाफ

Sunday, July 19, 2020 National Power

 

ईटहरीर नेपालि सिने नगरी यतिबेला विवाद र आलोचनाको भुमरीमा मज्जैले फसेको छ । एक पछी अर्को कलाकार विवादमा तानिदा अब सिने नगरीको बाटो कता भन्ने प्रश्न खडा हुन थालेको छ । केहि साता देखि चर्किएको र पछिल्लो समय साम्य हुदै गएको साम्राज्ञी/भुवन काण्ड फेरी चर्चामा आउने देखिएको छ । विभिन्न अन्तरबार्तामा यस बिषयमा अभिव्यक्ति दिदै गरेका सोभितको कुरालाई लिएर साम्राज्ञी फेरी बोलेकी छन् । सोभिताले एक अन्तरबार्तामा साम्राज्ञीलाई गलत भन्दै भुवनको पक्षमा अभिव्यक्ति दिएका थिए । यद्धपि उनले यसअघि देखि नै भुवनको समर्थनमा बोल्दै आएका थिए । सोहि अन्तरबार्ता हेरेपछि साम्राज्ञीले सोभितालाई जवाफ फर्काएकी छन् । तर उनले फर्काएको जवाफ भने भुवन केसी संग चलेको काण्डमा भने हैन । हेर्नुस साम्राज्ञीले फर्काएको जवाफको भिडियो

शोभितले केहिदिन अघि युट्युबमा सार्बजनिक एक अन्तरबार्तामा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको उक्त विवादको बारेमा बोल्दै भनेका थिए–‘विरगञ्जमा रिक्सा चढेर हिड्ने मान्छे अहिले भूवन केसीकै कारणले गर्दा कार चढेर हिड्ने भएकी छिन् । भूवनकै कारणले ‘ड्रिम्स’बाट स्टार भएको मान्छेले अहिले उनैलाई आरोप लगाउन मिल्छ रु’ उनको यहि अभिव्यक्तिको साम्राज्ञीले जवाफ फर्काएकी हुन् । साम्राज्ञीले जवाफ फर्काउदा सोभितको नाम त तोकेकी छैनन् तर, जवाफ सोभितकै लागि हो भन्ने प्रस्टै बुझ्न सकिन्छ ।

उनले जवाफ दिदै भनेकी छिन्–‘एक जना मानिसले मैले विरगञ्जमा रिक्सा चढेर हिड्थ्यो भन्नुभएछ । म उहाँलाई त व्यक्तिगत रुपमा चिन्दिनँ । तर, उहाँको छोरा मेरो राम्रो साथी हो । हो, म विरगञ्जमा रहँदा रिक्सा चढ्थेँ । यसपछि, म दिल्लीमा बसेर पढेँ । अहिले काठमाण्डौमा छु । ठूला–ठूला कार चढौं कि के गरौं त्यो मेरा कुरा हो । रिक्सा चढ्दैमा मान्छे सानो हुन्छ र रु’ उनले ‘कस्तो सस्तो सोचाई’ भन्दै अगाडि भनेकी छिन्–‘मेरो साथी निकै राम्रो मान्छे हुन् । तर, उनको पिताको कस्तो सस्तो मानसिकता हो रु’ उनले आक्रोशित हुँदै भनिन्–‘म रिक्सा चढौं कि, टेम्पु चढौं कि, कार चढौं कि रु यसले मलाई सानो र ठूलो बनाउँछ त रु कस्ता कस्ता मानिसहरु मेरो विरुद्धमा बोलिरहेका छन्?