Thursday 22nd May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

बलिउडका सबैभन्दा धनि ५ सुपरस्टार

Sunday, July 19, 2020 National Power

एजेन्सी – हिन्दी चलचित्र क्षेत्रमा यस्ता केही अभिनेता छन् जोसँग अकुत सम्पत्ति रहेको छ । केही अभिनेताहरुले करोडौं मानिसहरुको सम्मान र मायासँगै अकुत सम्पत्ति पनि कमाएका छन् ।यस्ता केही अभिनेताहरु छन्, जसको सम्पत्ति अकुत छ । तीमध्ये सबैभन्दा धेरै सम्पत्ति भएका पाँच अभिनेताहरुको बारेमा चर्चा गर्दैछौँ ।

यो सूचीमा शाहरुख खान पहिलो स्थानमा पर्छन् । शोभिज डट।कम वेभसाइटका अनुसार शाहरुख खानको कुल सम्पत्ति ७४० मिलियन डलर रहेको छ । यो सम्पत्तिका अनुसार उनी सबैभन्दा धनि अभिनेता हुन् ।दोस्रो स्थानमा महानायक अभिताभ बच्चनको नाम रहेको छ । विगत ५० वर्षदेखि बलिउडमा राज गरिरहेका अमिताभ बच्चनसँग ४०५ मिलियन डलर सम्पत्ति रहेको छ ।

सबैभन्दा धनि अभिनेताको सूचीमा तेस्रो स्थानमा सलमान खानको नाम आउँछ । सलमान खानसँग २२० मिलियन डलर सम्पत्ति रहेको छ ।धनि अभिनेताहरुको सूचीमा सुपरस्टार आमिर खानको नाम पनि सामेल रहेको छ । आमिर खानसँग २०५ मिलियन डलर रहेको छ ।हिन्दी सिनेमामा ‘खेलाडी’ को नामबाट चर्चित सुपरस्टार अक्षय कुमारको नाम पनि यस सूचीमा सामेल रहेको छ । उनी पनि पाँच सबैभन्दा धनि अभिनेताको सूचीमा सामेल छन् । उनीसँग २०० मिलियन डलरको सम्पत्ति रहेको छ ।