Sunday 19th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

ओली- प्रचण्डबीच सहमति गराउन राष्ट्रपति भण्डारी सक्रिय, माधव नेपाल सशंकित

Sunday, July 19, 2020 National Power

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद मिलाउन राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय भएकी छिन् । उनले हिजो नेकपा सचिवालय बैठकलगत्तै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई राखेर सहमति निकाल्न खोजिन् ।

विश्वस्त स्रोतका अनुसार राष्ट्रपति भण्डारीले दुवै नेतालाई न्युनतम सहमतिको बिन्दु बनाउन मनाउन खोजेकी थिइन् । दुवै नेताको चाहना बुझेर उनले मंसिरभित्र महाधिवेशन गरी नेतृत्व हस्तान्तरणको मार्ग खोल्ने गरी सहमति बनाउन खोजेको बुझिएको छ । अहिलेलाई पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट ओलीको राजीनामाको एजेन्डा छाडेर एकता महाधिवेशनमा बढ्ने गरी सहमति निकाल्न भनेपछि प्रचण्ड सहमत भएनन् ।

महाधिवेशनपछि प्रचण्ड नै अध्यक्ष बन्ने र ओलीलाई पूरा कार्यकाल प्रधानमन्त्रीमा समर्थन जारी राख्ने गरी सहमति निकाल्न खोजिएको थियो । यसमा प्रचण्ड केही लचिलो भएपनि पूर्ण सहमत नभएको स्रोतले बतायो । ओली र प्रचण्डबीच सहमति बनाउने पहल भइरहँदा वरिष्ठ नेता माधवकुमार नेपाल सशंकित भएका छन् । उनले दुई अध्यक्षको चोचोमोचो मिलेर मात्र नहुने अभिव्यक्ति सार्वजनिक गरे । उनले ओलीविरुद्ध देशव्यापी अभियान चलाउने चेतावनी समेत दिए ।

ओलीविरोधी क्याम्पभित्र कम्पन आएको सन्देश गइरहँदा प्रचण्डले भने सचिवालयमार्फत् सहमति नभएको खुलाए । उनकी छोरी गंगा दाहालले कुनैपनि विषयमा सहमति नभएको बताइन् । फेसबुकमा हिजोको बैठकबारे जानकारी दिदै गंगा दाहालले लेखेकी छिन्, सहमति खोज्ने क्रममा विभिन्न विषयहरुमा छलफल भएता पनि कुनैपनि विषयमा सहमति भएको छैन र सम्पूर्ण विषयहरु छलफलकै क्रममा रहेकाले कोही पनि भ्रममा नपरौं । उनले महाधिवेशन लगायतमा छलफल भएको खुलाइन् ।

ओलीले एकपछि अर्को अस्त्र हान्दै विरोधी क्याम्पलाई कमजोर बनाउन खोजिरहेका छन् । उनले कुनैपनि हालतमा राजीनामा नदिने प्रष्ट पारिसकेका छन् । ओलीवरोधी क्याम्पलाई कमजोर बनाउन व्यक्तिपिच्छे फरक फरक प्रस्ताव लाँदै आएका छन् । तरपनि विरोधी क्याम्प तोड्न सकेका छैनन् ।(