Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

साउनको पहिलो सोमबार पशुपतिनाथ मन्दिर दर्शनार्थीका लागि नखुल्ने

Sunday, July 19, 2020 National Power

 

काठमाडौं – यस बर्ष साउनको पहिलो सोमबार पशुपतिनाथ मन्दिर दर्शनार्थीका लागि नखुल्ने भएको छ । साउन ७ गतेसम्म लकडाउन कायम रहेकाले मन्दिर नखुल्ने भएको हो । सरकारले तत्काल पशुपतिनाथ मन्दिर सर्वसाधरणको लागि खुला गर्ने निर्णय नगरेकाले पहिलो सोमबार मन्दिर खुला नगरिने पशुपति बिकास कोषले जनाएको छ । लकडाउन खुकुलो भएसँगै बिस्तारै अन्य क्षेत्रहरु सामान्य अवस्थामा फर्किँदैछन् ।

तर, भिडभाड बढी हुने मठमन्दिर लगायतका क्षेत्र भने खुलेका छैनन् । मन्दिर खुला गर्ने, नगर्ने भन्ने सरकारको निर्णय कुरेर बसेको पशुपति क्षेत्र बिकास कोषका प्रशासकिय अधिकृत गौरीशंकर पराजुलीले बताए । उनले भने, आस्था भक्तिले आउनु भएका दर्शनार्थीलाई पूणतः रोक लगाउन त मिल्दैन । उहाँहरु आउनुभयो भने मन्दिर परिसरबाट दर्शन गरेर जान सक्नुहुन्छ ।

हाल मन्दिरमा नित्य पुजा मात्र भइरहेको उनले बताए । हरेक बर्ष साउनको प्रत्येक सोमबार पशुपिनाथमा विशेष भिडभाड हुने गर्दछ । भक्तजनहरुले सुन्दरीजलबाट जल ल्याएर पशुपति नाथमा चढाउने गरेका थिए । भारत तथा नेपालको विभिन्न जिल्लाबाट यहाँ बोलबम आउने गर्छन् ।

तर, यस बर्ष भने बोलबोम यात्रा पनि नहुने भएको छ ।

सरकारले सोमबार २ घन्टा पछाडि मन्दिर खुल्न निर्देशन दिए पनि खुलाउन तयार रहेको पशुपति बिकास कोषले जनाएको छ । पराजुली भन्छन्, ‘हामीले मन्दिर खुलाउन सम्पूर्ण तयारी गरिरहेका छौँ । दर्शनका लागि आउने भक्तजनहरु सामाजिक दुरि कायम गरी दर्शन गराउने तयारी गरेको छौँ । हात धुनको लागि साबुनपानीको पनि व्यवस्था गरिसकेका छौं ।’