Thursday 22nd May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

भीषण बाढीमा फसेको पूर्वी चीन

Friday, July 17, 2020 National Power

पछिल्लो केही दिनदेखि मध्य र पूर्वी चिनियाँ इलाका भयंकर बाढीमा घेरिएको छ । चीनको सबैभन्दा ठूलो ताल पोयांगमा बनेका थुप्रै बाँध टुटेका छन् । चीनको नेशनल वेदर सेटलाइट सेन्टरको डाटा अनुसार तालको पानी रेकर्ड स्तरको पुगेको छ ।

यसै हप्ता अधिकारीले बताए अनुसार देशका ३३ नदीमा बाढी आएको छ । यस्तै याग्त्जी नदीको इलाकामा लगातार वर्षा भइरहेको छ । बुधबार जल संसाधन मन्त्रालयका अनुसार याग्त्जी नदीको मध्य र तल्लो इलाकामा डोंगटिंग र पोयांग नलीमा पानी क्रमशः कम भइरहेको छ ।

बाढी नियन्त्रणका लागि जिम्मेवार मन्त्रालयका अनुसार देशभरी ९८ नदीको पानी अहिले पनि खतरनाक स्तरमा पुगेको छ । थुप्रै भवनलाई पानीले घेरिएको देख्न सकिन्छ । हालसम्म १४० व्यक्तिको मृत्यु भइसकेको छ र दसौं लाख व्यक्तिलाई सुरक्षित स्थानमा पुर्याइसकिएको छ । लुशान शहरको तालको किनारा बाँध्न सैनिक पठाइएको छ ।

स्रोतः बीबीसी