Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

मौद्रिक नीति पारित : ऋण तिर्ने समय थप, ब्याजलाई पुँजीकरणको सुविधा

Friday, July 17, 2020 National Power

काठमाडौं – आर्थिक वर्ष २०७७/७८ का लागि ल्याउन लागिएको मौद्रिक नीति नेपाल राष्ट्र बैंक सञ्चालक समिति ९बोर्ड० बाट पारित भएको छ । बोर्डबाट पारित भएसँगै मध्यान्ह ३ बजे नीति सार्वजनिक गर्ने राष्ट्र बैंकले जनाएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिबाट ऋणीहरुलाई ऋण तिर्नका लागि समयावधि २ वर्षसम्म थपिने भएको छ । ऋणीको प्रकृति अनुसार ३ महिनादेखि २ वर्षसम्म ऋण तिर्ने समयावधि थप गर्ने गरी मौद्रिक नीति तर्जुमा भएको राष्ट्र बैंकका बोर्ड श्रोतले जानकारी दिएको छ । बढी प्रभावितले बढी सुविधा पाउनेछन् ।

यसैगरी ब्याजलाई पुँजीकरण गर्न मिल्ने व्यवस्था पनि मौद्रिक नीतिले गरेको छ । यसैगरी सहुलियत कर्जा तथा पुनर्कर्जालाई गाउँ-गाउँसम्म पुर्‍याउने समेत नीतिमा उल्लेख गरिएको श्रोतले बताएको छ ।

मौद्रिक नीतिले बैंकको ब्याजदर घटाउने, डिजिटल पेमेन्टलाई प्रोत्साहन गर्ने, सेयर धितो कर्जा बढाउने लगायतको व्यवस्था गरेको छ । मौद्रिक नीतिले पुनरकर्जा कोषलाई भने तत्कालै बढाउने विषयमा निर्णय लिएको छैन । हाल एक खर्बको रहनेभ निएको कोषलाई क्रमिक रुपले बढाउदै लगिने नीतिमा उल्लेख गरिएको छ ।