Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

२ नेपाली युवा वल्ड बुक अफ रेकर्ड, लण्डनको STAR 2020 अन्तरार्ष्टिय उपाधिबाट सम्मानित

Tuesday, July 7, 2020 Devil Singh Rajput

लायन्स क्लब अफ काठमाण्डौ कृयेटिभ युथको संस्थापक अध्यक्ष गनिका गुरुङ र पूर्व अध्यक्ष अनिल बुर्जा मगरलाई वल्ड बुक अफ रेकर्ड, लण्डन ले ( STAR 2020) द्वारा विभुशीत गरेको छ। वरिष्ठ समाजसेवक लायन्स क्लब अन्तराष्ट्रिय डिस्ट्रिक ( 325 ए वान ) को डिस्ट्रिक गर्भनर लायन टंक बहादुर श्रेष्ठको प्रमुख आतिथ्य, त्यसै गरी जि.एस.टि मल्टीपल कोडीनेटर लायन अन्नत प्रसाद भेटुवाल, भाईस डिस्ट्रिक गर्भनर लायन कर्म गुरुङ, वरिष्ठ ऱ्यापर निर्णय श्रेष्ठ र पि. ई.एफ का अध्यक्ष विष्णु पोखरेलको विशेष उपस्थितिमा STAR 2020 को प्रमाण पत्र प्रदान गरिएको जानकारी श्री सागर कटवाल, अध्यक्ष वल्ड बुक अफ रेकर्ड,नेपालले दिनु भएको छ। वल्ड बुक अफ रेकर्ड विश्वव्यापी रूपमा रेकर्डहरू प्रमाणिकरण गर्ने अन्तराष्ट्रिय संस्था हो। यसले बेलायत, अमेरिका, अष्ट्रेलिया, क्यानडा, केनिया, मोरिसियस,भारत, सिंगापुरबाट आफ्नो गतिविधिहरू सन्चालन गर्दै आईरहेको छ। एसिया, अफ्रिका र युरोपभर विश्वव्यापी संजाल मार्फत वल्ड बुक अफ रेकर्डले ऐतिहासिक सम्पदा, मठमन्दिर र सामाजिक, आर्थिक सांस्कृतिक,संगितिक लगायत क्षेत्रमा उल्लेख्य योगदान पुऱ्याएका व्यक्ति र संस्थालाई सूचिकृत र सम्मानित गर्दै आएको छ। यहि सन्दर्भमा वल्ड बुक अफ रेकर्डले COVID-19 को महामारी र लकडाउनको अवस्थामा विभिन्न मानविय सेवा कार्यहरु मार्फत विशेष योगदान पुऱ्याउनु हुने यी दुई नेपाली युवालाई STAR 2020 द्वारा बिभुशित गरेको छ। यी दुई नेपाली युवा ८ वर्ष देखि निरन्तर रूपमा आफ्नो जीवन समाज सेवामा सर्म्पित गर्दै आईराख्दा आफू लायन्स क्लब अन्तराष्ट्रिय डिस्ट्रिक ३२५ एवानको सदस्य हुनुमा गर्व गर्दछन्। चेपाङ्ग बस्ती देखि सॅखुवासभा , मुगु देखी बाजुरा हुदै अनेक दैबीक प्रकोप बाडि पहिरो र अहिले COVID-19 महामारिको बेलामा पनि यी दुई नेपाली युवाको सक्रियाताले हजारौ मानिस र संयौ परिवारलाई सेवा पुगेको छ। “Hunger Relief Program” र रक्तदान कार्यक्रम मार्फत सेवा कार्यलाई विशेष रुपमा अघि बढाएका थिए । श्री सन्तोष शुक्ला ( अध्यक्ष वल्ड बुक अफ रेकर्ड) श्री सागर कट्वाल ( अध्यक्ष वल्ड बुक अफ रेकर्ड, नेपाल) लगायत नेपाल र लण्डनका विशिष्ट व्यक्तित्वहरूले बधाई ज्ञापन गर्नु भएको छ।