Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

डा. डिआर उपाध्यायलाई गिनिज बुक अफ वल्र्ड रेकर्ड प्राप्त

Sunday, July 5, 2020 National Power

काठमाडौ – उपन्यासकार तथा गीतकार डा. डीआर उपाध्यायको असार २० गते शनिबार अर्को विश्व रेकर्ड सार्वजनिक भएको छ । आधुनिक गीति एल्वम ‘मायाको सागरमा’ एक गीत १२ भाषामा (12 Languages in one song)ले गिनिज बुक अफ वल्र्ड रेकर्ड प्राप्त गरेको सार्वजनिक गरिएको हो ।

गीत लेखेर यसअघि विभिन्न १४ वटा विश्व रकेर्ड राखेका उपाध्यायको शनिबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवको प्रमुख आतिथ्यतामा सामाजिक दुरी कायम राख्दै पत्रकार भेटघाटबीच गिनिज बुक अफ वल्र्ड रेकर्ड प्राप्त गरेको सार्वजनिक गरिएको हो ।

उक्त अवसरमा प्रमुख अतिथि मन्त्री रामेश्वर राय यादवले ‘उपाध्यायले गीत मार्फत धेरैवटा विश्व रकेर्ड कायम गर्नुभएको विषय सम्पूर्ण नेपालीकै लागि गौरवको कुरा हो’, भन्दै ‘उपाध्यायका अझ रेकर्डहरु कार्यम हुँदै जाउन’ भने ।

उपाध्यायले ‘म समाजका लागि गीत लेख्छु, आत्मसन्तुष्टिका लागि गीत लेख्छु’, भन्दै आफूले रेकर्ड, पुरस्कार र अवार्डका लागि गीत लेखेकको नभई लेख्दै जादा गीत मार्फत विभिन्न पुरस्कार, अवार्ड तथा रकेर्ड राख्न सफल भए’, भने ।

मायाको सागर एल्बममा रहेका गीतमा सन्तोष श्रेष्ठको सङ्गीत निर्देशन रहेको छ भने देवेन्द्र नेवाःको सङ्गीत संयोजन रहेको छ । एल्बममा रहेका गीतमा सागर अधिकारी ‘शरद’, डा. डीआर उपाध्याय र प्रकाश तिमिल्सिनाको स्वर रहेको छ । सो अवसरमा सङ्गीतकार, एरेञ्जर र गायककालाई वल्र्ड रेकर्डको प्रमाण पत्र प्रदान गरिएको थियो । त्यस्तै डा. उपाध्यायलाई मन्त्रीले बधाई तथा शुभकामना सम्मान प्रदान गरेका थिए ।

डा. उपाध्यायका ‘प्रणय’, ‘कृति’, ‘माउण्टेन मेलोडी’, ‘नशालु नजर’, ‘सेभेन्थ कडस’, ‘अन्जान तिर्खा’, ‘जोहो’, ‘प्रतिनाद’, ‘नजरको तीर’, ‘अनुभूतिको मझेरी’, ‘स्वर्गघर’, ‘परिष्कृत’, ‘पृथक’, ‘सहेली’, ‘सौभाग्यको सिन्दुर’, ‘अन्तराप’, ‘जखम’ र ‘मायाको सागरमा’ जस्ता १९ वटा गीति एल्वमका सयौं गीत सार्वजनिक छन् ।

त्यस्तै उनका ‘अतिरिक्त’, ‘भाग्यचक्र’, ‘दगाबाज’ ‘स्वार्थी’, ‘अधुरो प्रेम’, ‘त्यागी’, ‘वज्रघात’, ‘अपवित्र छाया’, ‘बिटुली’ र सपनाकी रानी जस्ता दश उपन्यास पाठकमाझ आइसकेका छन् ।

डा. डीआर उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् । उनका १९ एल्वममा रहेका गीतमा माया प्रेम, रोमान्स विछोडमात्र नभएर समाजका लागि लेखिएका गीत पनि रहेका छन् । उनका चाड पर्वका गीतदेखि लिएर छोरी विदाई गर्दाका गीत, पर्यटन गीत, स्वास्थ्य तथा योगसम्बन्धी गीत, महिला प्रताडनासम्बन्धी गीत, मजदुर किसान भरियासम्बन्धी गीतलगायत विभिन्न परिवेशका गीत रहेका छन् । त्यस्तै मेजर स्केलका गीत, माइनर स्केलका गीतका साथै सेभन्थ कड्सका गीतहरु रहेका छन् उनका ।

२०७५ साल असार ८ गते पहिलो एल्वम ‘प्रणय’ स्रोता/दर्शकमाझ ल्याएका डा. उपाध्यायले २०७५ सालको मंसिरमा सातवटा गीतिएल्बम, जेठमा तीन गीति एल्बम, २०७६ कात्तिकमा सात गीति एल्बम र फागुनमा एक गीति एल्बम गरी १९ वटा गीति एल्बम स्रोता/दर्शकमाझ ल्याएका छन् । यसरी उनले छोटो समयमै धेरै गीत सार्वजनिक गरेका छन् ।

गीत लेखेर एकपछि अर्को कीर्तिमान कायम गरेका डा. डीआर उपाध्यायले वल्र्ड बुक्स अफ अमेरिका, अष्ट्रेलिया, वल्र्ड बुक्स अफ लण्डनलगायत विभिन्न देशबाट वल्र्ड रेकर्डको प्रमाणपत्र प्राप्त गरेका छन् । उपाध्यायले मिराकल वल्र्ड रेकर्ड, इण्डिया स्टार वल्र्ड रेकर्ड, एक्सक्लुसिभ वल्र्ड रेकर्ड, जीनस वल्र्ड रेकर्ड र एभरेष्ट वल्र्ड रेकर्डको प्रमाणपत्र प्राप्त गरिसकेका छन् । उनले नेपाली गीत-सङ्गीतका विविध विधामा गरेको नामका खातिर विश्वका विभिन्न मुलुकले उनलाई सम्मान गरेका हुन् ।

‘हिरो २०१९’बाट समेत सम्मानित गीतकार डा. उपाध्यायलाई गीतकार सङ्घ, नेपालको नवौं वार्षिकोत्सव कार्यक्रममा ‘वर्ष गीतकार पुरस्कार’बाट पुरस्कृति गरिएको थियो । नेपाल र नेपाल बाहिर हुने विभिन्न गीत-सङ्गीतका अवार्डमा पनि उनका गीतले प्रायःजसो सबै अवार्ड चुम्न सफल भएका छन् ।