Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

भुवन- साम्राज्ञी बिचको द्वन्द्व चरम उत्कर्षमा , भुवनले दिए साम्राज्ञी विरुद्ध उजुरी

Friday, July 3, 2020 National Power

काठमाडौ- अभिनेता भुवन केसी र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहबीचको द्वन्द्व नयाँ चरणमा पुगेको छ । केसीमाथि शाहले यौन दुव्र्यवहारको आरोप लगाएकोमा यसलाई झुटो भन्दै अर्को उजुरी परेको छ । केसीले शाहमाथि आज चलचित्र कलाकार संघमा उजुरी दिएका हुन् ।

बिहिबार कलाकार संघमा भुवनले साम्राज्ञीले आफ्नो चरित्रहत्या गरेको उल्लेख गरी उजुरी दिएका छन् । उजुरी पत्रमा सामाजिक सञ्जालमा शाहले विभिन्न आक्षेप, आरोपहरु लगाई मनगढन्ते र निराधार चरित्र हत्या हुने कुराहरु व्यक्त गरेको भन्दै आवश्यक छानविन गर्न निवेदन दिएको भनिएको छ । केसीले घटनाको छानविन गरी वास्तविकताबारे जानकारी गराइदिन समेत भनेका छन् ।