Sunday 18th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

मोहन निरौलाको निर्देशनमा प्रधानमन्त्रीको गीतको छायांकन सम्पन्न

Sunday, June 21, 2020 National Power

काठमाडौ – युवा नेता रमेश पौडेलको संयोजनमा किरण कृयशन द्वारा निर्माण गरिएको ‘समृद्ध नेपाल सुखी नेपाली’ एल्बममा समाबेश प्रधानमन्त्री के पि शर्मा ओलि द्वारा रचना गरिएको गीत ‘स्वदेश मै रोजगारी’ को भिडियो छायाँकन सम्पन्न भएको छ । शान्तिराम राईको संगीतमा शान्तिराम राई र मेलिना राईको आवाज रहेको छ ।

नेपाल चलचित्र कलाकार संघको सहयोगमा निर्माण भएको भिडियोलाई वरिष्ठ निर्देशक मोहन निरौलाले निर्देशन गरेका छन्। उक्त भिडियोमा पवित्रा आचार्यको कोरियोग्राफी रहेको छ। प्रधुम्न मिश्रले दृश्यलाई क्यामेरामा कैद गरेका हुन् ।

गीतकार के पि शर्मा ओलिले गीतमा ब्यक्त गरेको भाव अनुसार गीतको भिडियो निर्माण गरिएको बताउदै वरिष्ठ निर्देशक निरौलाले समृद्ध नेपाल निर्माणको लागि प्रधानमन्त्रीको योजना अनुसार सम्पुर्ण नेपालीलाई आफ्नै देश समृद्ध बनाउन एकजुट भई राष्ट्र निर्माणको अभियानमा सामेल हुन आह्वान गरिएको बताए ।

मोहन निरौला,रबिन्द्र खड्का, पवित्रा आचार्य,चेत ब.सिंह राजा, रामेश्वर बुर्लाकोटी, आशा भुसाल, प्रकृति के. सि., रमेश पौडेल, उद्धब भट्टराई, गोपाल ढकाल,जीवन थापा,सुनिल कटुवाल,बाल कलाकार अनुवेशा घिमिरे र आरभी खडका लगायतको अभिनय र बिनिद बमको सम्पादन रहने भिडियो यसै साता सार्वजनिक गरिनेछ ।