Thursday 12th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

मोहन निरौलाको निर्देशनमा प्रधानमन्त्रीको गीतको छायांकन सम्पन्न

Sunday, June 21, 2020 National Power

काठमाडौ – युवा नेता रमेश पौडेलको संयोजनमा किरण कृयशन द्वारा निर्माण गरिएको ‘समृद्ध नेपाल सुखी नेपाली’ एल्बममा समाबेश प्रधानमन्त्री के पि शर्मा ओलि द्वारा रचना गरिएको गीत ‘स्वदेश मै रोजगारी’ को भिडियो छायाँकन सम्पन्न भएको छ । शान्तिराम राईको संगीतमा शान्तिराम राई र मेलिना राईको आवाज रहेको छ ।

नेपाल चलचित्र कलाकार संघको सहयोगमा निर्माण भएको भिडियोलाई वरिष्ठ निर्देशक मोहन निरौलाले निर्देशन गरेका छन्। उक्त भिडियोमा पवित्रा आचार्यको कोरियोग्राफी रहेको छ। प्रधुम्न मिश्रले दृश्यलाई क्यामेरामा कैद गरेका हुन् ।

गीतकार के पि शर्मा ओलिले गीतमा ब्यक्त गरेको भाव अनुसार गीतको भिडियो निर्माण गरिएको बताउदै वरिष्ठ निर्देशक निरौलाले समृद्ध नेपाल निर्माणको लागि प्रधानमन्त्रीको योजना अनुसार सम्पुर्ण नेपालीलाई आफ्नै देश समृद्ध बनाउन एकजुट भई राष्ट्र निर्माणको अभियानमा सामेल हुन आह्वान गरिएको बताए ।

मोहन निरौला,रबिन्द्र खड्का, पवित्रा आचार्य,चेत ब.सिंह राजा, रामेश्वर बुर्लाकोटी, आशा भुसाल, प्रकृति के. सि., रमेश पौडेल, उद्धब भट्टराई, गोपाल ढकाल,जीवन थापा,सुनिल कटुवाल,बाल कलाकार अनुवेशा घिमिरे र आरभी खडका लगायतको अभिनय र बिनिद बमको सम्पादन रहने भिडियो यसै साता सार्वजनिक गरिनेछ ।