Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

कृष्ण र मिराको मौलिक तिज गीत “जाम कि नजाम भो ” भिडियो सहित

Sunday, June 21, 2020 National Power

काठमान्डौ- नेपाली नारीहरुको मौलिक पर्वको रुपमा रहेको हरितालिका तिजलाई मध्यनजर गदैँ गायक कृष्ण काफले र गायिका मिरा तामाङको आवाजमा सजिएको “जाम कि नजाम भो ” गीतको भिडियो बजारमा आएको छ ।

कृष्ण काफलेको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । गीतको महेश पुनको एरेन्ज तथा मिक्सिङ कृष्ण पुनले गरेका छन । मौलिक रुपमा तयार पारिएको गीतमा चेली को मनको पिडालाई समेटिएको छ । गीतका शब्दहरु मौलिक सिर्जनाको विकाश गर्नुपर्ने आधार मा तयार गरिएको छ ।चेलीले भोगेको पिडा र उसको परिवार सगँको आपसी मायालाई गीतमा समेटिएको कारणले पनी आम दर्शक तथा स्रोताले मन पराउनेमा आफु आशावादी रहेको गायिका मिरा तामाङले बताइन ।

दुर्गा पौडेलको छायाँकन , नविन घर्तिमगरको सम्पादन तथा दुर्गा पौडेलको निर्देशन तथा माधव श्रेष्ठको कोरियोग्राफी भिडियोमा रहेको छ । “जाम कि नजाम भो ” गीतको भिडियोमा मिरा तामाङ र कृष्ण काफलेको अभिनय तथा नृत्य रहेको छ ।