Thursday 17th July 2025

    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

कृष्ण र मिराको मौलिक तिज गीत “जाम कि नजाम भो ” भिडियो सहित

Sunday, June 21, 2020 National Power

काठमान्डौ- नेपाली नारीहरुको मौलिक पर्वको रुपमा रहेको हरितालिका तिजलाई मध्यनजर गदैँ गायक कृष्ण काफले र गायिका मिरा तामाङको आवाजमा सजिएको “जाम कि नजाम भो ” गीतको भिडियो बजारमा आएको छ ।

कृष्ण काफलेको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । गीतको महेश पुनको एरेन्ज तथा मिक्सिङ कृष्ण पुनले गरेका छन । मौलिक रुपमा तयार पारिएको गीतमा चेली को मनको पिडालाई समेटिएको छ । गीतका शब्दहरु मौलिक सिर्जनाको विकाश गर्नुपर्ने आधार मा तयार गरिएको छ ।चेलीले भोगेको पिडा र उसको परिवार सगँको आपसी मायालाई गीतमा समेटिएको कारणले पनी आम दर्शक तथा स्रोताले मन पराउनेमा आफु आशावादी रहेको गायिका मिरा तामाङले बताइन ।

दुर्गा पौडेलको छायाँकन , नविन घर्तिमगरको सम्पादन तथा दुर्गा पौडेलको निर्देशन तथा माधव श्रेष्ठको कोरियोग्राफी भिडियोमा रहेको छ । “जाम कि नजाम भो ” गीतको भिडियोमा मिरा तामाङ र कृष्ण काफलेको अभिनय तथा नृत्य रहेको छ ।