Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

गौरी शंकर च्छोरोल्पा मिडियाको “मेरो बाबा मेरी आमा” गीतको छायांकन सम्पन्न ।

Sunday, June 14, 2020 National Power

काठमाडौ – लकडाउनका कारणले सबै क्षेत्रहरू पुर्ण रुपमा थिलथिलिएको अवस्थामा गौरीशंकर च्छोरोल्पा मिडियाका जुझारु ब्यक्तिहरुले सामजिक दुरी कायम गर्दै नवीनतम कार्यहरुको शुरु गरेका छन ।

यसै हप्ता संघीय राजधानी काठमाडौमा रहेको गौरीशंकर च्छोरोल्पा मिडियाले एक मर्मस्पर्शी भावनात्मक गीतको छायांकन गरेको छ ।

गीतकार सुरेन्द्र थपलियको शब्द, नवराज मैनालीको संगीत र पुरुषोत्तम सुबेदीको स्वर रहेको गीत “मेरो बाबा मेरी आमा”को जेष्ठ ३० गते शुक्रबार राजधानीमा छायांकन सम्पन्न भएको छ ।

उक्त गीतमा जानकी बज्राचार्य र बलराम कार्कीको अभिनय रहेको छ भने गीतमा बालकलाकार बिक्रान्त कार्की लाई पनि देख्न सकिने छ । गीतलाई प्रेम शर्मा पौडेलले सम्पादन एबम निर्देशन गरेका छ्न भने यसको छयांकन पेपे शर्मा पौडेलको रहेको छ ।

उक्त गित छायांकनको ब्यबस्थापन संचारकर्मी रज्जु गुरुङले गरेकी हुन, महिला अधिकारकर्मी, समाजसेवी समेत रहेकी मोडल जानकी बज्राचार्य च्छोरोल्पा टिभीको प्रबन्ध निर्देशक समेत रहेकी छिन ।

यस अघि गौरीशंकर च्छोरोल्पा मिडियाले देश प्रेम, सामाजिक सचेतना र माया प्रेम गीतहरुलाई दर्शकलाई प्रस्तुत गरीसकेका छन ।