Thursday 22nd May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

गौरी शंकर च्छोरोल्पा मिडियाको “मेरो बाबा मेरी आमा” गीतको छायांकन सम्पन्न ।

Sunday, June 14, 2020 National Power

काठमाडौ – लकडाउनका कारणले सबै क्षेत्रहरू पुर्ण रुपमा थिलथिलिएको अवस्थामा गौरीशंकर च्छोरोल्पा मिडियाका जुझारु ब्यक्तिहरुले सामजिक दुरी कायम गर्दै नवीनतम कार्यहरुको शुरु गरेका छन ।

यसै हप्ता संघीय राजधानी काठमाडौमा रहेको गौरीशंकर च्छोरोल्पा मिडियाले एक मर्मस्पर्शी भावनात्मक गीतको छायांकन गरेको छ ।

गीतकार सुरेन्द्र थपलियको शब्द, नवराज मैनालीको संगीत र पुरुषोत्तम सुबेदीको स्वर रहेको गीत “मेरो बाबा मेरी आमा”को जेष्ठ ३० गते शुक्रबार राजधानीमा छायांकन सम्पन्न भएको छ ।

उक्त गीतमा जानकी बज्राचार्य र बलराम कार्कीको अभिनय रहेको छ भने गीतमा बालकलाकार बिक्रान्त कार्की लाई पनि देख्न सकिने छ । गीतलाई प्रेम शर्मा पौडेलले सम्पादन एबम निर्देशन गरेका छ्न भने यसको छयांकन पेपे शर्मा पौडेलको रहेको छ ।

उक्त गित छायांकनको ब्यबस्थापन संचारकर्मी रज्जु गुरुङले गरेकी हुन, महिला अधिकारकर्मी, समाजसेवी समेत रहेकी मोडल जानकी बज्राचार्य च्छोरोल्पा टिभीको प्रबन्ध निर्देशक समेत रहेकी छिन ।

यस अघि गौरीशंकर च्छोरोल्पा मिडियाले देश प्रेम, सामाजिक सचेतना र माया प्रेम गीतहरुलाई दर्शकलाई प्रस्तुत गरीसकेका छन ।