Friday 6th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

दिन दु:खीको लागि सारथि बनेकी समाजसेवी कल्पना गौतम

Wednesday, June 10, 2020 National Power

काठमाडौ – मकवानपुर स्थित थाहा नगरपालिका स्थायी घर भई हाल लगनटोलमा लामो समयदेखि बस्दै आएका साधुराम कार्की परिवारलाई सहयोग प्रदान गरिएको छ ।

लगनटोल स्थित डेरामै पुगेर कार्कीकी शारिरिक अपाङ्ता भएकी २० वर्षिया छोरी सुनिता कार्कीको हातमा समाजसेवी व्यक्तित्व तथा सामाजिक अभियन्ता कल्पना गौतमले आर्थिक सहयोग गरेकी हुन् ।

दोलखा घर भएकी गौतम लामो समयदेखि सामजिक सेवामा सक्रिय छिन् । गौतमले कार्की परिवारलाई ‘औषधी किन्नका लागि सानो सहयोग’ भन्दै रु. पाँचहजार  नगदै हस्तान्तरण गरेकी हुन् ।

कोरोना भाइरसका कारण लक डाउन लम्बिदै जाँदा अधिकांश तल्लो वर्गको छाक नटर्नुका साथै विरामी तथा अशक्तहरुले औषधी खान नपाउने अवस्था आएको छ । यसलाई दृष्टिगत गर्दै गौतम आफ्नै व्यक्तिगत पहलमा अनाथ, अशक्त, निम्न आय भएको परिवार र विरामी हरुलाई खाद्यान्न सामग्री, नि:शुल्क भोजन तथा औषधी खर्च जुटाउन कम्मर कसेर लागेकी छिन् । उनले लक डाउन सुरु भएयता सयौं परिवारलाई सहयोग गर्दै आइरहेकी छिन् ।

दोलखा जिल्ला भिमेस्वर नगरपालिका १ मा जन्मिएर काठमाडौंलाई कर्म थलो बनाएकी कल्पना गौतम अन्तर्राष्ट्रिय अवार्ड पाउन पनि सफल भएकी छिन् । कोबिड १९ को यो महारिमा फिल्डमा निस्किएर खाना खुवाउन देखि टिम बनाएर राहत बितरण मा सक्रिय उनी सामाजिक सञ्जालको सम्पर्कमा जोडिएर कार्की परिवारको अवस्था बुझ्न लगन पुगेकी थिइन् ।

प्राय क्यामेराको अगाडि उभिन नचाहने उनी कार्की परिवारको डेरामा पारिवारिक अवस्था बुझ्नको लागि पुगेको र पुगिसकेपछि अवस्था नाजुक रहेको ठानेर पकेट खर्चबाट केही सहयोग गरेको बताउँछिन् । अवस्था गम्भिर रहेकाले अन्यत्र पनि सहयोगको पहल गर्ने गौतमको भनाई छ ।

६ जना रहेको कार्की परिवारमा एक छोरी नसाको शल्यक्रिया असफल भएर हाल अशक्त छिन् भने एक छोरा मानसिक समस्याका कारण लामो समयदेखि महंगो औषधी सेवन गर्नुपर्ने वाध्यतामा छन् ।

त्यस्तै बाबु कार्की आफैं मुटु र हड्डी सम्वन्धी रोगका कारण घरमै थलिएका छन् भने कार्कीकी श्रीमती पनि केही काम गर्न र आय आर्जन गर्न नसक्ने अवस्थामा छन् । एउटी छोरीले एक निजी विद्यालयमा पढाएर घर खर्च धान्ने गरेकामा विद्यालय बन्द भएदेखि कुनै आम्दानी प्राप्त नभएको बताइएको छ ।

एक जमानामा तत्कालिन नेकपा एमालेका बफादार कार्यकर्ता तथा सम्पर्क मञ्चका नेताका रुपमा अञ्चल तथा जिल्ला स्तरमै दत्तचित्त भएर काम गरेका कार्कीको यो अवस्था हुँदा त्यत्रा पार्टीका साथीभाई कसैले सोधखोज नगर्दा साह्रै दिक्क लागेको बताउँछन् ।

राहत वितरणमा थाहा–६ का स्थायी बासिन्दा तथा पत्रकार शन्तराम बिडारी, पत्रकार मोहन पन्त र शैलेन्द्र केसी पनि सहभागी थिए ।