Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

कोरोना विरुद्ध प्रतिरोध क्षमता बढाउने आर्युर्वेदिक उत्पादन बजारमा

Monday, June 8, 2020 National Power

काभ्रेपलान्चोक – कोरोना भाइरस विरुद्ध लड्ने शरिरमा रोग प्रतिरोधी क्षमता बढाउने आयुर्वेदिक जुस तथा ट्यावलेट नेपाली बजारमा आएको छ ।

शाहीराम फुड्स प्रालिले गिलोय तुलसी जुस र गिलोय तुलसी ट्याब्लेट बजारमा बिक्री सुरु गरेको हो । आयुर्वेदिक जडिबुटी गिलोयलाई नेपालमा गुर्जो नाम ले चिनिन्छ ।

परापुर्व कालदेखि पुर्खाहरुले शरीरमा कमजोरी हुदा गुर्जोको झोल पिउदै आएका छन् । भारतीय योग गुरु वावा रामदेवका साथै आयुर्वेदिक ज्ञाताहरुले कोरोनाबाट बच्नका लागि गुर्जोको झोल सेवन लाभदायक हुने बताउदै आएका छन् ।

यहि सर्वगुणकारी गिलोय (गुर्जो) का साथै तुलसी, वासा, त्रिकटु प्रवाही, हरिद्रा, आद्रकलगायत अमूल्य नेपाली जडीबुटीलाई शाहीराम फुड्स प्रालीले जुस र ट्याबलेटका रुपमा बजारमा ल्याएको हो ।

गिलोयो तुलसी जुस र गिलोयो तुलसी ट्याबलेटको नियमित प्रयोग गरेपछि शरिरमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामबहादुर शाहीले बताए ।

‘आयुर्वेदिक डाक्टरहरुको खोज, अध्ययन, अनुसन्धानबाट गिलोयोको प्रयोगले शरिरमा रोक प्रतिरोधी क्षमता बढाउने र कोरोना विरुद्ध लड्न सकिने पुष्टी भएको छ’ उनले भने, ‘हाम्रा प्रोडक्टले रोग प्रतिरोधी क्षमता अभिबृद्धि गर्न र मानिसहरुलाई कोरोनाको त्रास कम गर्दै सामान्य जीवनमा फर्कन सहयोग गर्ने विश्वास लिएका छौ’ ।

कम्पनीका उत्पादनहरु आइएसओ र जीएमपी प्रमाणीकरण र डिडिएबाट पनि स्वीकृत छ । नेपाली जडिबुटीको प्रयोगबाट निर्मीत आर्युवेदिक उत्पादन बच्चादेखि बृद्धसम्म सबैले प्रयोग गर्न सक्ने र कुनै साईट इफक्ट नभएको कम्पनीले जनाएको छ ।

पाचन क्रियालाई सक्रिय गराउने, शारिरीक सम्बन्धलाई पनि सुमधुर ल्याउने, पुरानो जरो, मधुमेह, दम, बाथ, माइग्रेन, कब्जीयत, एसीडीटी, जोर्नी दुखाई, रुखा, खोकी, टाउको दुखाई, शारिरिक कमजोरीलाई समेत यी प्रोडक्ट लाभदायक हुने शाहीले जानकारी दिए ।

कोरोना संक्रमण र लकडाउन अवधिमा पनि कम्पनीले स्वास्थ्य सजगता अपनाउदै उत्पादन तथा वितरण जारी राखेको छ । देशभर आफ्ना थोक तथा खुद्रा विक्रेतामार्फत सजिलै उत्पादन खरिद गर्न सकिने व्यवस्था मिलाएको कम्पनीका बजार ब्यवस्थापक द्धारिका गौतमले राम्रो सन्देश डटकम लाई जानकारी दिए ।