Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

युएई र म्यानमारबाट आज १९४ नेपाली स्वदेश फर्किए ।

Friday, June 5, 2020 National Power

काठमाडौ – लकडाउनका कारण सयुक्त अरेब इमिरेट्स(युएई)मा रोकिएका १६८ जना नेपाली काठमाडौं आइपुगेका छन्।

नेपाली ल्याएर आएको एयर अरेबियाको जहाज शुक्रबार अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा अवतरण गरेको छ।

विमानस्थल कार्यालयका अनुसार १६८ जना वयस्क तथा एकजना बच्चा उक्त जहाजमा आएका छन् भने सोही विमानमा एउटा शव पनि ल्याइएको छ।

आजै बिहान म्यानमार एयर फोर्सको जहाजले पनि २६ जना नेपालीलाई काठमाडौं ल्याइदिएको थियो।

काठमाडौं आइपुगेकाहरूलाई नेपाली सेनाले व्यवस्थापन गरेका होल्डिङ सेन्टरमा राखिनेछ।