Thursday 12th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

चौतर्फी आलोचना भएपछि सरकारले कर बुझाउने समय असार ७ गतेसम्मका लागि थप गर्यो

Wednesday, June 3, 2020 National Power

काठमाडौ – चौतर्फी आलोचना भएपछि सरकारले कर बुझाउने म्याद थप गरेको छ ।  आन्तरिक राजस्व विभागले एक सूचना जारी गर्दै कर बुझाउने समय असार ७ गतेसम्मका लागि थप गरिएको जानकारी दिएकाे हो ।

यसअघि कर दाखिला गर्ने म्याद जेठ २५ गतेसम्म तोकिएकोमा कोभिड २९ को संक्रमणबाट उत्पन्न असहज परिस्थिततिका कारण म्याद थप गरिएको विभागले जनाएको छ ।

मूअ करतर्फ फागुन, चैत र वैशाखको मासिक, माघ र फागुन तथा चैत र वैशाखको द्धैमासिक र दोस्रो चौमासिक चौमासिक कर विवरण तथा त्यसअनुसारको कर दाखिला गर्ने अन्तिम म्याद असार ७ गतेसम्म कायम गरिएको विभागले जनाएको छ ।
अन्तशूल्कतर्फ फागुन, चैत र वैशाखको बुझाउनुपर्ने विवरण तथा त्यसअनुसारको अन्तःशूल्क दाखिलाको म्याद पनि असार ७ गतेसम्म नै बनाइएको छ ।

आयकर ऐनअनुसार फागुन, चैत र वैशाख महिनाको बुझाउनुपर्ने अग्रिम कट्टी र अग्रिम कर असुलीको विवरण बुझाउन म्याद पनि असार ७ नै तय गरिएको छ ।

सरकाले कोरोनाका त्रासकै बीच जेठ २५ कर तिर्न उर्दी जारी गरेको भन्दै चौतर्फी आलोचना भएको थियो ।

व्यवसायीहरुको नाममा मगंलबार सरकारको जारी गरेको कर तिर्नेसम्बन्धी सूचनाले एकाएक निजी क्षेत्रमा तरंग ल्याइदिएको थियो । लकडाउन (बन्दाबन्दी) रहेकै अवस्थामा तीन महिनाको व्यवसायिक कर तिर्न समय सीमा नै तोकेर सरकारले भुक्तानीको ताकेता गरेपछि व्यवसायिक क्षेत्रमा तरंग र आक्रोश ल्याएको थियो ।