काभ्रेपलान्चोक – बनेपा नगरपालिका वडा न ३ का वडा अध्यक्ष केपी दाहालले जनतासँग प्रत्यक्ष सहभागी भई वडाका विकास निर्माण समन्धिकार्य कस्तो भई रहेको छ।भनेर अनुगमन र सम्भावित विकास गर्ने सकिने उचित क्षेत्रको निरिक्षण गर्नुभयो।
बनेपा नगरभित्र वडा र नगर बाट विभिन्न क्षेत्रमा ७५/७६ को विभिन्न शिर्षकमा परेको बजेटको कार्यान्वयन भए नभएको निरिक्षण गर्नुभयो।
उक्त निरिक्षण कार्यक्रम मा बनेपा नगरपालिका वडा न ४ का अध्यक्ष श्यामसुन्दर श्रेष्ठ ,नेकपा काभ्रे जिल्ला कमिटी सदस्य तुलाप्रसाद दाहाल, रामशरण दाहाल र स्थानीय युवाहरूको सहभागिता थियो।
वडा न ३ससिपानी मा बन्दै गरेको काभ्रे भिमसेन मन्दिर निर्माण को पहिलो चरणमा सुरु भएको ट्रस्ट निर्माण र उक्त क्षेत्रलाई पर्यटन क्षेत्रको लागि पहल गर्नुपर्ने वडा अध्यक्ष श्यामसुन्दर श्रेष्ठले बताउनुभयो ।
उक्त कार्यक्रममा वडा न ३ का अध्यक्षले कामको प्रसंशा गर्दै अाफुले आवश्यकता अनुसार विकास निर्माणमा कुनै कसर नराख्ने बताउनुभयो