Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

७० औं दिन आज बनेपामा १ सय एक सवारीसाधन नियन्त्रणमा

Tuesday, June 2, 2020 National Power

काभ्रेपलान्चोक – सरकारले चैत ११ गतेदेखि जारी गरेको लकडाउन जेठ ३२ गते सम्मका लम्ब्याइसकेको छ। पटक-पटक थपिँदै गएको लकडाउनको अन्त्य कहिले हुने निश्चित छैन।

सरकारले लकडाउन थप्दै गएपछि भने सर्वसाधारणले भने अवज्ञा गर्न थालेका छन्। लकडाउन खुवाउनेबारे सरकारको स्पष्ट नीति नहुँदा सर्वसाधारणले लकडाउन अवज्ञा गर्दै हिँडेका हुन्।

लकडाउनको ७० औं दिन बितिसक्दा पनि सरकारले ठोस कदम चाल्न सकेको छैन।

त्यही भएर लकडाउनको अवज्ञा गर्दै बाहिर निस्कनेको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ।

मंगलबार आज मात्रै बनेपामा १ सय एक सवारी साधनलाई नियन्त्रणमा लिएर कार्वाही गरिएको इलाका प्रहरी कार्यलय बनेेेपाका प्रमुख प्र.नि. योगेन्द्र तिमिल्सिनाले बताए ।

नियन्त्रणमा लिएका चार पाङ्ग्रे र दुई पाङ्ग्रे सवारीसाधन लाई कार्वाही गरि र अब आइन्दा लकडाउन उल्लंघन नगर्न सर्तमा छोडिएको ट्राफिक प्रहरी काभ्रेका जिल्ला प्रमुख बिशाल  तामाङले बताए ।