Thursday 22nd May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

विनयको स्वरमा ‘तिम्रो मेरो मेरो माया’ (भिडियोसहित)

Monday, June 1, 2020 National Power

काठमाडौं – विनय कार्कीको स्वरमा रहेको गीत ‘तिम्रो मेरो मेरो माया’ सार्वजनिक भएको छ । सविन लामाको शब्द, विनयकै कम्पोज तथा एरेञ्ज, अशोक महर्जनको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

गौरभ गिरीको निर्देशन रहेको गीतको भिडियोमा उमेश सोनाम, अस्मि श्रेष्ठ, सन्दिप शाहलाई फिचरिङ गरिएको छ । दीपक गिरीको छायाँकन रहेको गीतको भिडियोलाई आरोही इन्टरटेनमेन्टले सम्पादन गरेको हो ।

विनयले भ्याइस अफ नेपालमा आफ्नो उत्कृष्ट प्रस्तुति मार्फत सबैको मन जित्न सफल भएका थिए । गीतको भिडियोलाई एमएमएस इन्टरटेनमेन्ट मार्फत सार्वजनिक गरिएको छ ।