Sunday 19th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

बन्दाबन्दी लम्बाउनुभन्दा नियन्त्रणका लागि सावधानी अँगाल्दै दैनिक जीवनलाई सामान्यीकरण गर्दा उपयुक्त हुन्छ – डा. उपाध्याय

Monday, June 1, 2020 National Power

             लेखक : डा.डिआर उपाध्याय

कोभिड १९ ले विश्वव्यापी त्रास सिर्जना गरेको छ । समयावधि लम्बिँदै गएपछि संसारभर यसको प्रभाव देखिन थालेको छ । यसले विश्व अर्थतन्त्रमा नै हलचल पैदा गरेको छ । यो बिषयले अर्थविद्हरू चिन्तित बनिरहेका छन । आगामी दिन अझ कष्टकर हुने संकेत देखिएको छ । भोकमरी बढ्न सक्ने खतरा छ ।

नेपालमा बन्दाबन्दीले दुई महिना नेटो काटेको छ । यो अवधिमा सङ्क्रमण तीव्र रूपमा बढ्न थालेको छ । तयारी बिनाको लामो समयसम्मको लकडाउनले आउँदा दिनमा नेपालमा विकराल अवस्था सिर्जना हुन सक्ने सम्भावना बढेर गएको छ । नेपाल सरकारले लकडाउन घोषणा गर्ना साथ सीमानामा भएका नेपालीलाई स–सम्मान स्वदेश आउन दिई सुविधासम्पन्न क्वारेन्टिनमा व्यवस्थापन गर्न सकेको भए यो अवस्था आउने थिएन की ?

कोभिड १९ का कारण देशमा लकडाउन भएको दुई महिनाभन्दा बढी भएको छ । दैनिक ज्यालादारी तथा मजदुरी गरेर जीविकोपार्जन गर्नेको अवस्था दिनानुदिन दयनीय बन्दै गएको छ । उद्योगधन्दा, कलकारखाना बन्द हुँदा देशको अर्थतन्त्र नाजुक बन्न थालेको छ । पर्यटन क्षेत्र धराशायी भएको छ । वैदेशिक रोजगारीमा रहेका नागरिक उद्धारको प्रतीक्षामा रहेका छन् । दीर्घरोगी र अन्य विरामी उपचारको अभावमा ज्यान गुमाउन बाध्य भएका छन् । यस्तो अवस्थामा बन्दाबन्दीलाई लामो समय सम्म लम्बाउन सक्ने अवस्था देखिन्न । विकसित राष्ट्रसमेत नियमित दैनिकीमा फर्कने प्रयास गरिरहेका छन् ।

अब निरन्तर बन्दाबन्दी लम्बाउनुभन्दा नियन्त्रणका लागि सावधानी अँगाल्दै दैनिक जीवनलाई सामान्यीकरण गर्न तयार हुनुपर्ने देखिन्छ । आवश्यक पर्दा सीमित क्षेत्रलाई लकडाउन गर्ने नीति लिई उद्योग, कृषि र अन्य उत्पादनमूलक क्षेत्रलाई खुला नगर्ने हो भने भोलि विद्रोह र आतङ्कको अवस्था सिर्जना हुन सक्ने सम्भावना रहेको मनो बैज्ञानिक तथा बुद्धिजीविहरुले बताइरहेका छन । अव भाइरससँग भागेर होइन, यससँगै लडेर सामना गर्नुपर्दछ ।

चलचित्र भवन, होटल–पार्टीप्यालेस, स्कुल–कलेज, हाट–बजार, सार्वजनिक यातायात जस्ता भिडभाड हुने क्षेत्रबाहेक अन्य क्षेत्रमा पूर्वसतर्कता अँगाल्दै दैनिक काममा फर्कनु नै राम्रो हुन्छ की भन्र्ने मेरो सुझाव हो ।

– लेखक : डा. डिआर उपाध्याय