Friday 13th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

कविता : कालापानी हाम्रो

Friday, May 22, 2020 National Power

          रचनाकार: नबिन कार्की

कविता :  कालापानी हाम्रो 

येति सुन्दर ठाउ लिपुलेक कालापानी हाम्रो
ज्यानै जावोस् बरु जुटेर सिमा बचाउनु राम्रो ।
मिच्न नदेउ सिमाना लिपुलेक लिपियाधुरा
बचाईराख मातृभूमि एकसाथ जिम्मेवारी गर पुरा।

 

अब सहर बस्ति होइन प्रहरी जवान लैजाऊ सीमामा ,
पच्चिस जना मात्र होइन राखौ सुरक्षा क्याम्प जिम्मामा ।
कति पर्छौ भर अरुको काम आफै गर्ने गर,
१२ किमि टाडा बस्ने होइन अब सिमानामै सर।

 

 

रुन्छिन नेपाल आमा धुरु-धुरु कत्रो पिडा बोकी छटपटाई ,
ध्यानै दिन्नौ कति तिमि खान्छन छिमेकीले लटपटाई ।
हिजो सिंगोराष्ट्र रुवाउने एक मधेस एक प्रदेश भन्नेहरु ,
सिमाना जाउ खोइ कहाँ हराय त्यी दादागिरि बन्नेहरु ।

 

भुमि त्यसै छोड्ने होइन अब सिमानामा तारबार लगाउनुपर्छ,
हामी सारा नेपाली एकजुट भै राष्ट्रियता जगाउनुपर्छ।
कत्ति लोभी छिमेकी तिमि लिपुलेक कालापानीमा अल्झ,
भोलि ग्रेटर नेपालको नक्सा बोकी आउछौ त्येतिखेर तिम्रो के चल्छ ।

 

कुनै जाति धर्म क्षेत्र हेर्ने होइन अब राष्ट्र जोगाउन उठ ,
राष्ट्रघाती सम्झौता गर्ने जोकोहीलाइ अब हुनुहुन्न छुट ।
पार्टीबादी हेर्ने होइन अब राष्ट्रियता हेर ,
आजै बाट एकसाथ जाग उठ इतिहासलाइ केर ।

 

बिन्ति छ मेरो एक निमुखा जनतालाइ हेर ,
अझै इतिहास साची छ देशको नया नक्सा फेर ।
छायो खुसि आज नया नक्सा कोर्दा ललाट,
कत्तै भुल गल्ति भए माफ पाउ मबाट ।

 

जगायो समस्त प्रतिभा यस देशको निम्ति,
उत्पादनशील बन स्वाभलम्बी बनौ मेरो छ बिन्ति ।
आजै इतिहास कोरौ राखौ नाम हाम्रो ,
बिस्व लाइ नै चिनाउने गरौ काम राम्रो ।

 प्रकाशन मिती : ९ जेठ २०७७, बुधबार
रचनाकार: नबिन कार्की
सोलुखुम्बु जिल्ला माप्या दुधकोशी गाउपालिका वार्ड नम्बर -०३