Thursday 22nd May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

नाकामा स्वास्थ्य परीक्षणमा कडाई गरौ : पुर्वमन्त्री दिपक बोहोरा

Friday, May 15, 2020 National Power

काठमाडौं – पूर्वमन्त्री एवं राप्रपाका नेता दिपक बोहराले भारतीय मालवाहक सवारी साधनका चालक र सहचालकको स्वास्थ्य परीक्षण गरेर नेपाल भित्र्याउनुपर्ने बताएका छन् । खाद्यान्न, तरकारी र फलफूल बोकेर भारतबाट आउने भारतीय बाहनका कारण भारतसँगको सिमावर्ती जिल्लामा कोरोना संक्रमणको जोखिम बढीरहेको अवस्थामा नेता बोहराले सामाजिक सञ्जाल मार्फत यस्तो भनाई राखेका हुन ।

बिना कुनै स्वास्थ्य परीक्षण भारतीय मालबाहक बाहन नेपाल भित्रिनु खतरायुक्त विषय भएको उल्लेख गर्दै नेता बोहराले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन, ‘उद्योग सञ्चालन गर्ने नाममा नेपाल सरकारद्वारा जारी गरिएको यो कार्यलाई शिघ्र रोकी सीमामै कम्तीमा पनि आरडीटी परीक्षण गरी मात्र नेपाल भित्रिने व्यवस्था गरौं, सयमयमै सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण होस् ।’