Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

नाकामा स्वास्थ्य परीक्षणमा कडाई गरौ : पुर्वमन्त्री दिपक बोहोरा

Friday, May 15, 2020 National Power

काठमाडौं – पूर्वमन्त्री एवं राप्रपाका नेता दिपक बोहराले भारतीय मालवाहक सवारी साधनका चालक र सहचालकको स्वास्थ्य परीक्षण गरेर नेपाल भित्र्याउनुपर्ने बताएका छन् । खाद्यान्न, तरकारी र फलफूल बोकेर भारतबाट आउने भारतीय बाहनका कारण भारतसँगको सिमावर्ती जिल्लामा कोरोना संक्रमणको जोखिम बढीरहेको अवस्थामा नेता बोहराले सामाजिक सञ्जाल मार्फत यस्तो भनाई राखेका हुन ।

बिना कुनै स्वास्थ्य परीक्षण भारतीय मालबाहक बाहन नेपाल भित्रिनु खतरायुक्त विषय भएको उल्लेख गर्दै नेता बोहराले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन, ‘उद्योग सञ्चालन गर्ने नाममा नेपाल सरकारद्वारा जारी गरिएको यो कार्यलाई शिघ्र रोकी सीमामै कम्तीमा पनि आरडीटी परीक्षण गरी मात्र नेपाल भित्रिने व्यवस्था गरौं, सयमयमै सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण होस् ।’