Tuesday 15th July 2025

    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.

पुर्वराजा सडकमार्ग भएर आज काठमाडौ आउदै

Friday, May 15, 2020 National Power

पुर्व राजदम्पती

काठमाडौ – पूर्व राजा ज्ञानेन्द्र शाह आफै गाडी चलाएर काठमाडौं फर्किइरहेका छन् । निकटस्थका अनुसार पूर्व राजा ज्ञानेन्द्र शाहले बर्दिवाससम्म आफै गाडी हाँक्नेछन् । त्यसपछि उनका चालकले चलाउनेछन् । पूर्व राजा पत्नी कोमल शाहसहित झापामा फर्किइरहेका हुन् ।

पूर्व राजा शाह वीपी राजमार्ग हुँदै काठमाडौं आइपुग्ने तय भएको छ । उनी आउँदै गर्दा साथमा सुरक्षाकर्मी पनि फर्किइरेका छन् ।

यसअघि सरकारले पास रद्द गर्ने निर्णय गरेपछि शाहले हिजो पासका लागि निवेदन दिएका थिए । झापाका प्रमुख जिल्ला अधिकारीले पास दिन नमिल्ने भएपछि गृह मन्त्रालय पठाइएको थियो । मन्त्रालयबाट उनले पास पाएका थिए ।

पूर्व राजाले काठमाडौं फर्कन पास नपाएको विषय बाहिर आएपछि सर्वत्र चर्चाको विषय बनेको थियो ।