Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

पुर्वराजा सडकमार्ग भएर आज काठमाडौ आउदै

Friday, May 15, 2020 National Power

पुर्व राजदम्पती

काठमाडौ – पूर्व राजा ज्ञानेन्द्र शाह आफै गाडी चलाएर काठमाडौं फर्किइरहेका छन् । निकटस्थका अनुसार पूर्व राजा ज्ञानेन्द्र शाहले बर्दिवाससम्म आफै गाडी हाँक्नेछन् । त्यसपछि उनका चालकले चलाउनेछन् । पूर्व राजा पत्नी कोमल शाहसहित झापामा फर्किइरहेका हुन् ।

पूर्व राजा शाह वीपी राजमार्ग हुँदै काठमाडौं आइपुग्ने तय भएको छ । उनी आउँदै गर्दा साथमा सुरक्षाकर्मी पनि फर्किइरेका छन् ।

यसअघि सरकारले पास रद्द गर्ने निर्णय गरेपछि शाहले हिजो पासका लागि निवेदन दिएका थिए । झापाका प्रमुख जिल्ला अधिकारीले पास दिन नमिल्ने भएपछि गृह मन्त्रालय पठाइएको थियो । मन्त्रालयबाट उनले पास पाएका थिए ।

पूर्व राजाले काठमाडौं फर्कन पास नपाएको विषय बाहिर आएपछि सर्वत्र चर्चाको विषय बनेको थियो ।