Sunday 18th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

सोफाजको आयोजनामा अनलाइन कला लेखन कार्यशाला

Wednesday, May 13, 2020 National Power

काभ्रेपलान्चोक –  नेपाल ललितकला पत्रकार समाज (सोफाज) को आयोजनामा अनलाइन कला लेखन कार्यशाला भइरहेको छ । कला विषयमा पत्रकारिता तथा लेखन गरिरहेका व्यक्तित्वलाई लक्षित गरी सुरु गरिएको कार्यशालामा कलाकार तथा लेखक देवेन्द्र थुम्केलीले कलाका सैद्धान्तिक व्यवहारिक पक्षमा केन्द्रित रहेको थियो ।

शनिबारदेखि सुरु भएको उक्त कार्यशालामा कलाको ऐतिहाासिक पक्ष, सभ्यताको विकासक्रममा कलाको विकास, कलाका सैद्धान्तिक तथा व्यवहारिक पाटाका बारेमा अवगत गराइएको थियो ।

कार्यशालामा कलाका शैलीगत तथा विषयगत पक्षमाथि चर्चा गर्दै थुम्केलीले कला लेखनमा फर्म (स्वरुप) र सार (विषय) का बारेमा चर्चा गर्नुभयो । ‘कला दृश्यभाषा र अनुभूतिको भाषा भएकाले यसलाई सबै दर्शक तथा मानिसले सहजै ग्रहण गर्न सक्छन्,’ थुम्केलीले थप्नुभयो, ‘मानवीय संवेग र व्यक्तिगत पहिचानका रुपमा कलाले मानिसलाई फरक देखाउँछ ।’

कलाले समाज, देश, धर्म, संस्कृति, इतिहास, पुरातत्व, राष्ट्रियता, राजनीति लगायतका विषयलाई चिनाउने भएकाले यसको विशिष्ट भूमिका रहनेमा जोड दिँदै उनले कलाका विषय पनि यिनै वरिपरी रहने धारणा राख्नुभयो ।

शनिबारको सेसनमा कलाको ऐतिहासिक चर्चा, कलाका सिद्धान्त र तिनको प्रयोग, शैलीगत विषयमा जोड दिइएको थियो । त्यसैगरी सोमबारको सेसनमा कलाकृति अध्ययनका बारेमा परिचर्चा गरिएको थियो ।

जसमा कलाका तत्व, आधारभूत सिद्धान्त, रङ तथा शैलीका बारेमा जानकारी गराउँदै थुम्केलीले कला लेखनमा यी विषय जान्नुपर्ने विचार व्यक्त गर्नुभयोे । उहाँले कलामा कलाकारको सोच, समकालीन परिवेश, सामाजिक, राजनीतिक तथा आर्थिक अवस्था, धर्म तथा संस्कृति, इतिहास, पुरातत्व, प्रकृति÷वातावरण लगायतका विषयलाई उतारिने भएकाले तिनको पहिचान लेखक तथा पत्रकारले गर्नुपर्ने धारणा राख्दै प्रकृतिपरक, यथार्थपरक, आदर्शपरक, ढाँचाकृत, नाटकीकृत, अमूर्त, आकृतिमूलक लगायतका विषयमा गरिएको थियो ।

त्यस्तै, शुक्रबार समाजको नियमित कार्यक्रम ‘कलाका कुरा’ मा वर्तमान नेपाली कलाको अवस्थाका बारेमा बहस सम्पन्न भयो । इटहरीमा रहेर कला साधना गरिरहेका कलाकार विक्रम श्री र बुटवलमा रहेर कलाकर्म रहेका कलाकार एचबि रम्तेलले नेपाली कला र अवस्थाका बारेमा चर्चा गर्नुभएको थियो ।

साथै मोफसलमा कलाको अवस्था बताउँदै कला विकासमा राज्यले विशेष ध्यान दिनुपर्ने धारणा वक्ताहरुले राख्नुभएको थियो ।

कोभिड–१९का कारण कलाको गतिविधी कम भएपनि कलाकारहरु सृजनामा सकृय रहेका र यो विषम परिस्थितिको अन्त्य पछि नेपाली कलालाई कसरी अगाडी लैजान सकिनेमा समाज चिन्तनशील रहेको समाजका अध्यक्ष केशवराज खनालले बताउनु भयो । कलाकारका सृजना र कला पत्रकारलाई यस अवस्थामा पनि क्रियाशील बनाउन यस्ता कार्यक्रम फलदायी हुने अपेक्षा समाजले लिएको खनालले बताउनुभयो । कार्यक्रमलाई अनलाइनमा सहजकिरणका लागि प्रोशिष सोलुसनले प्राविधिक सहयोग गरेको थियो ।