Friday 26th April 2024

    परिवर्तन नेपालद्धारा चेतन कार्की स्मृति पुरस्कार अर्पण    नेपाल महिला चेम्बरको अध्यक्षमा उर्मिला श्रेष्ठ    फान अवार्डको तेश्रो संस्करण असार तेश्रो साता हुदै    चौथो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०८० का उत्कृष्ट पाँच सार्वजनिक    यूएईमा राष्ट्रिय लोक सांस्कृतिक संघको साँस्कृतिक कार्यक्रम भव्यरुपमा सम्पन्न

भेटन नपाई छट्पटिएका छ्न …

Saturday, May 9, 2020 National Power

कविता :भेटन नपाई छट्पटिएका छन 

स्पन्दन गुमाएका मुटु प्राण हराएका देह
एक्कासी लाखौं प्रकट भएका छन ,
हृदय नेपालमा ढुकढुकी बिदेशमा
हजारौं त स्वदेशमै भएपनी प्रिय-प्रीया अर्को शहरगाउँमा ।

पृथ्वीमा संकुचन आएको छ भन्थे
अत्याधुनिक साधनहरुले संसारलाई,
एउटा कोठामा सीमित पारिदिएको भन्थे
त्यो कथन अहिले निरस बनेको छ ,
महिनौं लाग्ने भएको छ 
एक कोठाबाट अर्कोको दुरि पार गर्नमा ।

अकारण निरुद्देस्य हो वा बुझ्न नसकिने अमीस्ट 
प्रकृतिले खित्का छाडेर ठट्टा गर्दैछ ,
प्रेमी युगल कोहि कता कोहि कता
उहिले आनन्द दिएका अंकमालको सम्झनामा
भेटन नपाइ छटपटिएका छन,
कहिले कसलाई,कहिले कसलाई सराप्दै तडपिएका छन ।

स्वच्छन्द मानवलाइ जताततै बन्देज 
सुनसान जंगलका राजमार्गमा भने नरभकक्षी जनावरहरु,
निर्धक्क दिउंँसै रोमान्स गर्दैछन
कोरोना भाइरसले ल्याएको लकडाउन 
तालबन्दी हो वा मानिसको "लक"डाउन गरेको हो 
कोहि कोहिले यसरी पनि सोच्ने गरेका छन !
      कवि : डा. डीआर उपाध्याय