Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

यो वर्ष एसईई परीक्षा नहुने संकेत, विकल्प खोजिदै

Tuesday, May 5, 2020 National Power

काठमाडौ – यस वर्ष एसईई परीक्षा सञ्चालन कठिन भएको छ । भाइरसको रोकथामका कारण सरकारले लकडाउन गरेपछि ५ चैत्र २०७६ का लागि तोकिएको परीक्षा स्थगित भएकोमा अहिलेसम्म अर्को मिति समेत तोकिएको छैन ।

परीक्षा सञ्चालनको पूर्व मितिभन्दा ५० दिन कटिसक्दा पनि मिति नतोकिएपछि विद्यालय सम्वद्ध संघसंस्थाले यसबारे विकल्प दिन माग गरेका छन् । उनीहरुले यस वर्ष कानुनी बाधा अड्चन फुकाएर भएपनि विद्यालयहरुले गरेका आन्तरिक मूल्यांकनलाई नै आधार मानेर प्रमाणपत्र दिन माग गरेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सनले भनेको छ, नेपालमा कक्षा १० को एसईई परीक्षा सम्भव नदेखिएको हुनाले २०७६ सालको परीक्षामा सम्मिलित हुने विद्यार्थीहरुका लागि मात्र लागु हुने गरी विद्यालयहरुले गरेका आन्तरिक मूल्यांकनलाई नै राष्ट्रिय परीक्षा बोडैल प्रमाणिकरण गरी ग्रेट शिट र प्रमाणपत्र दिने व्यवस्था गर्न उपयुक्त ठहर्छ ।

विश्वका कतिपय देशमा पनि यस्तै शैली अपनाइएको छ । विद्यालयहरुका परीक्षा सञ्चालन हुन नसकेकाले यस्तो शैली अपनाइएको हो । शिक्षा मन्त्रालयले एसईईका बारेमा अर्को सुचना जारी नभएसम्म कुनै निर्णय नभएको स्पष्ट पारेको छ । यसबारे मन्त्रालयले के गर्ने भन्नेबारे लकडाउन लम्ब्याउने निर्णयपछि कदम चाल्ने बुझिएको छ ।

शिक्षाविदहरुले कक्षा १२ सम्मलाई माध्यमिक शिक्षा बनाएर कक्षा १० को परीक्षालाई आन्तरिक बाट गर्न सुझाव समेत दिएका छन् । यसलाई यसै वर्ष देखि लागू गर्न समेत सुझाव दिएको बुझिएको छ ।

#Reporters club#